back
CTIZAN AD

भरतपुर महानगरले दियो २८३ जना विद्यार्थीलाई छात्रवृत्ति

वि.सं.२०८० साउन १० बुधवार

786 

shares

चितवन । भरतपुर महानगरपालिकाले शैक्षिक सत्र २०८०÷८१ मा कक्षा ११ अध्ययन गर्ने २८३ जना विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ । आवेदन दिएका आठ सय १९ जनामध्येबाट उनीहरूलाई छनोट गरिएको हो ।

महानगरपालिकाभित्र सञ्चालित दश जोड दुईमा अध्ययन गर्ने विद्यार्थीले अनलाइन माध्यमबाट भरेका फारमको मूल्याङ्कन गरी नतिजा प्रकाशन गरिएको हो । भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले विज्ञान सङ्कायमा एक सय ५३ जना र अन्यमा एक सय ३० जनाले छात्रवृत्ति पाएको बताए ।

भरतपुरका २९ वटा दश जोड दुईमा छात्रवृत्ति पाएका विद्यार्थीले शतप्रतिशत निःशुल्क अध्ययन गर्न पाउने छन् । जसमध्ये अरोमा कलेजमा ३९ जना, अर्किड कलेजमा ३१ जना, वाल्मीकि कलेजमा २६ जना, सप्तगण्डकी कलेजमा २१ जना, नारायणी पब्लिक स्कुलमा २१ जना गरी २८३ जनाले छात्रवृत्ति पाएका छन् ।

दश जोड दुईमा भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशतलाई अनिवार्यरुपमा छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । एसइईमा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए) लाई नै मुख्य आधार बनाएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिएको हो ।

विज्ञान सङ्कायमा छात्रवृत्तिका लागि विज्ञान, गणित र अङ्ग्रेजीमा विद्यार्थीले प्राप्त गरेको जीपीएलाई आधार मानिएको थियो भने अन्यमा गणित, अङ्ग्रेजी, नेपाली र सामाजिक विषयको जीपीलाई आधार बनाएर नजिता निप्काशन गरिएको पौडेलले बताए ।

जेहेन्दार ३७ प्रतिशत, गरिव तथा विपन्न ३६ प्रतिशत, आदिवासी जनजाती १० प्रतिशत, दलित ५ प्रतिशत, अपाङ्गता भएका र जनआन्दोलन घाइतेका सन्ततिलाई समान तीन÷तीन प्रतिशत, सहिद, बेपत्ता परिवार र मधेस आन्दोलन घाइते सन्ततिलाई समान दुई÷दुई प्रतिशतका आधारमा छनोट गरिएको हो ।

वि.सं.२०८० साउन १० बुधवार ०६:४२ मा प्रकाशित

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...