काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैको धम्किले निर्धारित यात्रा नरोकिने बताएका छन् ।
गृहजिल्ला गोरखा सदरमुकाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टीको कार्यवाहक अध्यक्ष समेत रहेका नेता श्रेष्ठले अध्यक्ष प्रचण्ड र आफनो मिशन कसैको धम्किबाट नरोकिने बताएका हुन् ।
नेपाल बुद्धिजीवी संगठन गोरखा जिल्ला समन्वय समितिद्धारा मंगलबार आयोजित ‘वर्तमान अवस्थामा नेपालको शुसासन र समृद्दि’ बिषयक अन्तरक्रियाका प्रमुख अतिथि श्रेष्ठले अध्यक्ष प्रचण्ड र आफुबिच धम्किबाट बिचलित नहुने सल्लाह भएको भन्दै शुसासन, समृद्दि र समाजिक न्यायको यात्रा गतिमै अघि बढाउने बताएका हुन् ।

दशौ हजार सहिदको बलिदानीको सम्मान र लाखौ क्रान्तिकारी जनसमुदायको परीवर्तनको अनुभुतिका लागी प्रतिबद्ध रहेकोले कुशासन, बेथिति र भ्रष्टाचार बिरुद्धको यात्रा अगाडि बढाईएको बताए । आलोचनात्मक चेत कायम राखेर राजनीतिको शुद्धिकरणमा अघि बढ्न पनि उनले बुद्धिजीवीहरुलाई निर्देशन दिए ।
कार्यक्रममा बिशेष अतिथि रहेका नेपाल बुद्धिजीवी संगठनका सहसंयोजक निलकण्ठ तिवारीले वर्तमान सत्ता गठबन्धनको चरित्र, राज्यब्यबस्थाको स्वरुप र प्रतिगमनकारी वर्वराहटका बिचबाट शुसासन र समृद्दिको लडाईमा बुद्धिजीवीहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै राजनीति संग्ल्याउनका लागि स्वशुद्धिकरणको घोषणा अभियान जरुरी रहेको बताए ।

यादव प्रसाद शर्मा, गोपाल मरहठ्ठा, वासुबाबु खत्रीद्धारा लेखिएको र यादव शर्माले प्रस्तुत गरेको ‘वर्तमान अवस्थामा नेपालको शुसासन र समृद्धि’ शीर्षकको कार्यपत्रमाथि टिप्पणी गर्दै मानवअधिकार संजाल गोरखाका अध्यक्ष यदु प्रसाद अधिकारी र प्राध्यापक अशोकभक्त उपाध्यायले कार्यपत्र सन्दर्भ सामाग्रीका रुपमा आएको भन्दै छुटेका कुराहरु थप्न सुझाव दिएका थिए भने टिप्पणी नोट संगठनका केन्द्रीय सदस्य ठाकुर खनाल र लेखक गोपाल मरहठ्ठाले गरेका थिए ।
वासु खत्रीको सभापतित्व, भुमि गोतामेको स्वागत मंतब्य र धर्मजग थापाको संचालनमा सम्पन्न सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज अमर तमु लगायतका केन्द्रीय सदस्यहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एस लगायतका राजनैतिक दल तथा बिभिन्न संघसंगठनका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
गोर्खा पुगेका श्रेष्ठले प्रेस सेन्टरद्धारा आयोजित पत्रकार भेटघाटमा भनाई राखेका थिए । जिल्लाका पार्टी नेता र जनप्रतिनिधिसँग पार्टीको अवस्थाका बिषयमा प्रशिक्षणात्मक मंतब्य राखेका उनले जिल्ला प्रशासन पुगेर सेवाग्राहिलाई राष्ट्रिय परीचयपत्र बितरण गरेका थिए । जिल्लाका कार्यालय प्रमुखहरुसंगको भेटमा शुसासन र जनसेवाका लागी निर्देशन दिएका उनी जिल्लाका जनपद, शसस्त्र, सेना र राष्ट्रिय अनुसन्धान प्रमुखसंग सुरक्षाबारेको बैठकमा सहभागि भएका थिए ।
वि.सं.२०८० साउन १० बुधवार १७:०७ मा प्रकाशित






























