back
CTIZAN AD

एनआरएनए नर्वेको अध्यक्षमा विष्णु गौतम निर्विरोध

वि.सं.२०८० साउन ११ बिहीवार

1.5K 

shares

आयल्याण्ड । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) नर्वेको अध्यक्षमा विष्णु गौतम निर्विरोध चयन निर्वाचित भएका छन् ।

आगामी २०२३–२०२५ को नयाँ कार्यसमितिका लागि माग भएको संख्या भन्दा बढी उम्मेदवारी नपरेको तथा तोकिएको समयभित्र कुनै पनि दाबी–विरोध दर्ता नभएपछि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

जसको उपाध्यक्षमा खुलाबाट श्याम परियार र गणेश थापा महासचिवमा इश्वरी प्रसाद खनाल, कोषाध्यक्षमा पशुपति प्रसाद भण्डारी, सचिवमा प्रविन पराजुली (खुला) महिला संयोजकमा श्रद्धा सिंह थापा, युवा संयोजकमा असिम लम्साल र सदस्यहरुमा बालकृष्ण थापा, शालिकराम ढुंगाना, हरिकृष्ण तिमिल्सिना, शंकर काफ्ले, दिपक खतिवडा चयन भएका छन् ।

त्यस्तै आइसीसी सदस्य पदमा पबित्र बस्नेत र नवराज अधिकारी (राजन) को उम्मेदवारी दर्ता भएको र तोकिएको समयभित्र दुवैजनाबाट मनोनयन फिर्ता नभएकोले मतदानको व्यवस्था गरिएको छ ।

उक्त पदको लागि यसअघि निर्धारित जुलाई २९ मा ओस्लो र भिकेनका मतदाताका लागि ०८ः०० देखि १६ः०० बजे सम्म एनआरएनए नर्वेको कार्यालयमा र ओस्लो र भिकेनबाहिरका मतदाताका लागि हुलाकमार्फत मतदानको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

वि.सं.२०८० साउन ११ बिहीवार १६:१६ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...