back
CTIZAN AD

मेलम्ची नगरप्रमुखमा चार दलबाट १६ जना सिफारिस

वि.सं.२०७४ वैशाख ७ बिहीवार

996 

shares

आदित्य दाहाल, ७ वैशाख,मेलम्ची । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)बाट मेयर पदमा १४ आकाङ्क्षी रहेका छन् भने नेकपा (माओवादी केन्द्र) र राप्रपाबाट भने एक–एकजनाको सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

नेपाली काँग्रेस मेलम्ची नगरपालिकाको बुधबार साँझसम्मको बैठकबाट मेयर र उपमेयर पदको आकाङ्क्षीको नाम सार्वजानिक गरेको हो भने अन्य तीन ठूला पार्टीले भने यसअघि नै नाम सार्वजनिक गरिसकेका छन् ।

नाम सार्वजनिक भएसँगै नगरपालिकामा चुनावी माहोल बढेको छ । जिल्लाको पश्चिम क्षेत्रको मुख्य नगरपालिका रहेकाले यसलाई विभिन्न दलले आफ्नो पक्षमा पार्न लागिपरेका छन् । साविकका ११ गाविस मिलेर बनेको यस नगरपालिकामा जिल्लाभरका नौ गाउँपालिका र दुई नगरपालिकाको तुलनामा मेलम्चीमा चुनावी चहलपहल निकै बढेको छ ।

नजिकिँदै गरेको निर्वाचनमा नेतृत्व आफ्नो पोल्टामा पार्नको निमित्त जिल्लामा क्रियाशील ठूला दलले आफ्नो सङ्गठन बलियोे बनाउनका लागि भेला, घरदैलो अभियान तथा कार्यकर्ता भेटघाटलाई धेरै बाक्लो बनाउन थालेका छन् ।

नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मधुसूदन सिग्देल, आइतमान तामाङ, विकास लामा, चेतप्रसाद घोरसैनी, भरत खड्का, माधव सिग्देल, डम्बर अर्याल र सागर श्रेष्ठ मेयर पदमा क्षेत्रीय समितिले सिफारिस गरेको छ ।

त्यसैगरी, नेकपा (एमाले)बाट बालकृष्ण देउजा, डम्बर अर्याल, घननाथ पराजुली, मित्रलाल चौलागाईं, उपेन्द्र तामाङ र धर्मकृष्ण श्रेष्ठलाई सिफारिस गरिएको छ ।

अन्य दुई पार्टी राप्रपाबाट फणिन्द्र दाहाल र माओवादी केन्द्रबाट श्याम खड्काको सर्वसम्मत उम्मेदवार घोषणा भइसकेको छ । अहिले जिल्लामा विभिन्न पार्टी परित्याग गरेर नयाँ पार्टीमा प्रवेश गर्ने होड नै चलेको छ भने पार्टी प्रवेश कार्यलाई नै दलले आफ्नो पकड बनाउने मुख्य कार्य मान्ने गरेका छन् ।

विशेष गरेर ठूला दल काँग्रेस, एमाले र माओवादी केन्द्र तथा राप्रपाका नेतालाई चुनावी चटारोले छोपेको छ । मतदाता सङ्ख्या हेरेर दलले मतदाता नामावलीमा नाम भएकाको हिसाब गरी समीकरण बनाउनसमेत सुरु गरिसकेका छन् । देशको ठूलो दल नेपाली काँग्रेस अहिले जिल्लाको विभिन्न क्षेत्रको कार्यकर्ता भेटघाटमा व्यस्त छ । आफ्नो मतदाता कमजोर भएको वडा र नगरपालिकामा अहिले सुधार भएको भन्दै आफ्नो पक्षमा राम्रो मत आउने मेलम्ची नगरपालिकाका नगर सभापति मधुसूदन सिग्देल बताउनुहुन्छ ।

उहाँका अनुसार नगरपालिकाभित्रका शिखरपुर, दुवाचौर, तालामाराङ, सिन्धुकोट, बाँसबारीलगायतका गाउँमा सुधार भएको छ । कांग्रेसले वडा जित्ने पक्का भएको उहाँले बताउनुभयो । जनप्रिय उम्मेदवारलाई चुनावी मैदानमा पठाउन हाम्रो कसरत हुनेछ । पहिलाको स्थानीय निकायको निर्वाचनको तुलनामा यसपटक निकै राम्रो नतिजा आउने एमालेका तर्फबाट मेयरका आकाङ्क्षी बालकृष्ण देउजाले विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) मा पनि निर्वाचनको माहोल बढेको छ । माओवादी केन्द्रबाट यस नगरपालिकाको उम्मेदवार घोषणा भएका श्याम खड्का यसपटक नेतृत्व आफ्नो हातमा आउनेमा कुनै शङ्का नरहेको बताउनुहुन्छ । नगरपालिकामा राप्रपा पनि ठूलो प्रतिस्पर्धी हो । पूर्वअध्यक्षसमेत रहेका पशुपतिशम्शेर जबराको निर्वाचन क्षेत्रभित्र मेलम्ची नगरापालिका पर्ने भएकाले पनि राप्रपाले सजिलै जित हासिल गर्नेमा राप्रपा ढुक्क छ ।

जिल्लामा चुनावी प्रतिस्पर्धामा २० दलले भाग लिन पाउनेछन् । त्यसमध्ये चार ठूला दलबीचको प्रतिस्पर्धा भने रोचक हुने देखिएको छ । मेलम्ची नगरपालिकाभित्र १३ वडाको १४ स्थानमा मतदान केन्द्र तोकिएको छ । नगरपालिकाभित्र जम्मा ३१ हजार नौसय ८७ मतदाता रहेका छन् ।

वि.सं.२०७४ वैशाख ७ बिहीवार ०८:३५ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...