पारुहाङ राई (एवाइ प्रभात)
सहिदभुमि –३,छेन्ताङ धनकुटा
१.
तन्नेरी हावा
पहाडको पिरती
सुन्दर जोडी
२.
चट्याङ पर्यो
आहुती भो जिन्दगी
रोएको गाउँ
३.
एक देशमा
अणु बमको कथा
ध्वस्त मानव
४.
शितल दिन
बर्षादको महिना
प्रकोप बढ्यो
५.
पहाडी फुल
लालीगुराँस चम्पा
सुगन्धयुक्त
६.
नहुने माया
रगत चुस्ने मात्र
भविष्य खोज्दै
७.
नौलो बिहानी
मानव तस्कार भो
गिद्धे नजर
८.
भानुको भक्त
घाँसी कुवा खनाई
भाषा जोगाई
९.
स्वर्गको बास
नेपाल मण्डलमा
सुहायो अति
१०.
विभेद नीति
मानव यो राक्षस
बुद्धि आएन
वि.सं.२०८० साउन १३ शनिवार ०९:३६ मा प्रकाशित






























