सुमन कडरिया, चितवन
१
खानामा नै धनवान् धेरै खर्च गर्छन् यहाँ
अमिरपति भनाउँदा ती, गरिबीले मर्यो भन्लान्
खान नपाई निर्धा छट्पटाई मर्छ्न यहाँ
२
गर्नलाई इच्छा त छ काम पाइँदैन
आज मनको भित्री कुण्ठा, पोखिदिन्छु जे त पर्ला
बैंक धायो बिन्ती गायो दाम पाइँदैन
३
घरको मुली सदैव धोकेर आइदिन्छ
सन्तानको बिचल्ली भो, व्यबहार सारा बिग्रिगो
कैले त रक्सी बोतल बोकेर आइदिन्छ
४
मेरो भाग्य यस्तै रैछ दोष खेपी बाँच्नुपर्ने
जसोतसो जीजिविषा, धानेकी छु प्रहार सहँदै
तिता टर्रा पीडा झेल्दै रोष खेपी बाँच्नुपर्ने
५
छोरीको जातै यस्तो जन्मघर छाड्नुपर्ने
उसजन्मको कर्मै उस्तो, खोटी भाग्य होला सायद
चाहे नि नचाहे नि आफ्नो थर छाड्नुपर्ने
वि.सं.२०८० साउन १३ शनिवार ०९:३७ मा प्रकाशित






























