विद्या सागर पाण्डे, काठमाडौं
१.
प्राण सरिको
चोखो माया तिम्रै हो
सधैभरिको ।
२.
माया नमार
भैगो माया अर्कैको
आँसु नझार ।
३.
बाचौँ कसरी
फुल्ने माया सुकि गो
हासौँ कसरी ।
४.
मित्र बनेर
सुख दुःख बाँडौंला
आफ्नै भनेर ।
५.
मुटु माझैमा
कैले भेट होला खै
झम्के साँझैमा ।
६.
छु म साथैमा
मेसो पारी भेटौंला
मेला पातैमा ।
७.
भेट होला र ?
निष्ठुरीको मन खै
केले छोला र ?
८.
भरोसा गर
मेरो पनि मनै हो
हैन पथ्थर ।
९.
सँगै बसेको
बिर्सी हाल्यौ निष्ठुरी
बाचा कसेको ।
१०.
त्यसो नभन
बाध्यता हो मेरो नी
कुरा बुझ न ।
वि.सं.२०८० साउन १३ शनिवार ०९:३७ मा प्रकाशित






























