back
CTIZAN AD

कविता : मेरो रोशनी

वि.सं.२०८० साउन १३ शनिवार

1K 

shares

निम्बतरु, अर्घाखाँची

मेरो रोशनी नै गुम्नेगरि दियौ आफ्नो रोशनी
तब म जून बराबर पनि उज्यालो रहन सकिनँ
यदि घाम नहुँदो हो त
जूनको उज्यालो अँध्यारोमा खुब देखिन्थ्यो ।

दियौ रङ मेरो अस्तित्व नै छोपिनेगरि
माया दिएर भ्रष्टै पारेजस्तो
बाछिटाले उप्किएको माटे घरको भित्ता
दशैंमा लिपेजस्तो
मेरो मौलिक रङ छोपिनेगरि भर्यौ कृत्रिम रङ
तब म छिर्केमिर्के भएँ
उराठलाग्दो देखिन्छु
रङ मेरो परिचय थियो
जब वास्तविक स्वरुप पुरै छोपिएको छ
मेरो चैतन्य प्रतिबिम्ब हरायो ।

अतिवादीहरुका चपेटामा जब परें
मेरो स्वःधर्म
आत्मनिर्णयको क्षमता
संस्कार र परम्परा भष्म भयो
म कतिखेर कमालकोटि भएँ
मेरो वंशजको रङहरु
अनुवांशिकताको उज्यालो हरायो ।

वि.सं.२०८० साउन १३ शनिवार ०९:३५ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...