back
CTIZAN AD

बाढी र पहिरोबाट बस्ती जोखिममा, कार्ययोजना नबन्दा राहत र उद्धारकार्यमा समस्या

वि.सं.२०८० साउन १४ आइतवार

1.2K 

shares

बाजुरा । लगातारको अबिरल वर्षाका कारण जिल्लामा बाढी र पहिराका कारण केही बस्ती जोखिममा परेका छन् । बिहीबारबाट आएको लगातारको वर्षाले हिमाली गाउँपालिका-३ युना र बौडीका केही परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शुक्रबार र शनिबार आएको वर्षाका कारण युनाका दिपलाल बुढा, जङ्गबहादुर सुनार, रङ्गमल सुनार, शक्ति सुनार र प्रदीपलाल सुनारको घर भत्किएर पूर्णरूपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतले वर्षाले हिमाली-३ युना र बौडीका पाँच घर भत्केको बताए । वर्षाले बौडीका पेमा कार्की, पदम कार्की, कृष्ण कार्की, दावा थापा र सोनाम थापाको घर भत्किएका छन् ।

युनाका १३ परिवार बाढी र पहिराको जोखिममा रहेको प्रहरीले जनाएको छ । बौडीका पाँच परिवार गुम्बामा बसोबास गर्दै आएकाले मानवीय र पशु चौपायाको कुनै क्षति नभएको प्रहरी निरीक्षक कठायतको भनाइ छ । वर्षाका कारण पूर्णरूपमा क्षति भएका युनाका परिवार युना आधारभूत सहरी स्वास्थ्य केन्द्रमा बस्दै आएका छन् । घर वरिपरि चिरा परेको र घरभित्रबाट पानी निस्केर बग्न थालेपछि उनीहरू विस्थापित भएका हुन् ।

गौमुलका पाँच परिवार विस्थापित

लगातारको अबिरल वर्षाका कारण गौमुल गाउँपालिका-३ बेहरी ढल्काँडाका पाँच परिवार विस्थापित भएका छन् । विस्थापित भएका पाँच परिवार आफन्तको घरमा बसेका छन् । अन्य आठ घर जोखिममा रहेको प्रहरी निरीक्षक कठायतले बताए । घर माथिबाट पहिरो आएको र तलबाट नदीले कटान गर्न थालेपछि उक्त बस्ती जोखिम बढेपछि ती परिवार पूर्णरूपमा विस्थापित भएका छन् ।

बाजुरा बाढी पहिराका लागि उच्च जोखिममा पर्ने जिल्ला हो । साविक २७ गाविसमध्ये १६ बढी गाविसको मानव बस्ती सार्नुपर्ने भू-गर्भविद्ले सुझाव दिएका जनाइएको छ । यही सिफारिसका आधारमा विसं २०७२ मा एकीकृत बस्ती विकासको परीक्षणका लागि रु ७४ करोड रकम पनि विनियोजन गरिएको थियो । हाल त्यसको कुनै कार्यान्वयन र निरन्तरता हुनसकेको छैन ।

जिल्लाका दुई हजार बढी परिवार अहिले उच्च जोेखिममा देखिन्छन् । वर्षात्का अधिकांश रात ननिदाएरै सुत्नुपर्ने अवस्था यहाँका स्थानीयको छ । भिरालो र पाखो जमिन, चारैतर्फबाट पहिराको डर र बेला–बेलाको भूकम्पले चिराचिरा परेका जमिन र घर झनै जोखिम रहेको स्थानीय बताउँछन् । पहिराको प्रकोपबाट उच्च जोखिममा दर्जनौँ बस्ती रहे पनि पालिकास्तरीय विपद् जोखिम व्यवस्थापन समितिले दीर्घकालीन योजना भने बनाएको देखिँदैन ।

बाढी र पहिराबाट दर्जनौँ बस्तीका स्थानीय विस्थापित हुने र जोखिममा पर्ने गरेका भए पनि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वतयारी कार्ययोजना बनाएका छैनन् । विपद्मा के गर्ने भन्ने कार्ययोजना नबन्दा उनीहरूलाई राहत र उद्धारकार्यमा समस्या हुने गरेको छ ।
रासस/फाइल फोटो

वि.सं.२०८० साउन १४ आइतवार ०९:२० मा प्रकाशित

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...