back
CTIZAN AD

प्रभु क्यापिटलद्धारा अपांगहरुलाई शेयर बजार सचेतना तालिम

वि.सं.२०८० साउन १५ सोमवार

1.2K 

shares

काठमाडौं । प्रभु क्यापिटलले अपांगता संरक्षण नेपालको सदस्यलाई शेयर बजार सचेतना एवं वित्तीय साक्षरता कार्यक्रम तालिम सञ्चालन गरेको छ । कम्पनीले बहिरा अपांगता भएका व्यक्तिहरुका लागि राष्ट्रिय सहकारी तथा व्यवस्थापन प्रशिक्षण केन्द्रको सहकार्यमा शेयर बजार सचेतना एवं वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको हो ।

अपांगता संरक्षण नेपाल अन्तर्गत रहेका सदस्यहरुमध्ये २० भन्दा बढीको सहभागिता भएको कार्यक्रम मुख्यतया पुँजीबजारमा शुरुआती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो । कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटल लिमिटेडको मार्केटिंग एसोसिएट विनय अधिकारीले गरेका थिए । कार्यक्रम पुँजीबजारमा शुरुआती प्रवेश के-कसरी गर्ने ? मेरो शेयर के-कसरी चलाउने ? साथै कार्यक्रममा शेयरबजार सम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तरक्रिया गरिएको हो ।

शारीरिक तथा मानसिक कमी-कमजोरी भई अपांगता भएका ‘क’ तथा ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरुलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गर्नका लागि प्रभु क्यापिटलमार्फत् डिम्याट तथा मेरो शेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सो सुविधा निःशुल्क पाउने व्यवस्था रहेको समेत उनले जानकारी दिए ।

प्रभु क्यापिटलले शेयर र लगानीमा सचेतना अभिवृद्धिका लागि समय-समयमा शेयर तथा पुँजीबजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

 

वि.सं.२०८० साउन १५ सोमवार १०:०० मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...