back
CTIZAN AD

नबिल इन्भेष्टमेण्ट र स्वस्तिक लघुवित्तबीच सम्झौता

वि.सं.२०८० साउन १५ सोमवार

1.5K 

shares

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीको अधिकृत पुँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने सम्बन्धि सम्झौता भएको हो ।

सम्झौता पत्रमा कम्पनीका तर्फबाट अख्तियार प्राप्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनी ऐन २०६३ बमोजिम स्थापित स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान नगरपालिका वडा नम्बर ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो । हाल १३ हजार भन्दा बढि परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आईरहेको छ ।

आइतबार भएको उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्टले स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरहरु सार्वजनिक निष्काशनको माध्यमबाट सर्वसाधारणमा निष्काशनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट शेयर निष्काशनका लागि अनुमति माग गरिने छ ।

वि.सं.२०८० साउन १५ सोमवार ०९:३४ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...