back
CTIZAN AD

गोल्छा ग्रुप र एनआईएमबी एस क्यापिटलबीच सम्झौता

वि.सं.२०८० साउन १५ सोमवार

984 

shares

काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुपबीच सम्झौता भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा दुवैका बीचमा सम्झौता भएको हो ।

एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रालि र हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिबीच एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा लगानी गर्ने उद्देश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यस सम्झौता अन्तर्गत हिम इलेक्ट्रोनिक्स् प्रालि तथा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका कर्मचारीहरुले आफ्नो इच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागिता फण्डको व्यवस्थित लगानी योजनामार्फत लगानी गर्न सक्नेछन् । उक्त सम्झौतामा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक एचआर नीता राणा तथा हिम इलेक्ट्रोनिक्स् प्रालिका तर्फबाट उप-प्रबन्धक नीलम केसी र एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका थिए ।

उक्त हस्ताक्षर समारोहमा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट म्युचुअल फण्ड प्रमुख पोस्कर बस्नेत, हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका तर्फबाट सहायक महाप्रबन्धक अकाउन्ट एण्ड फाइनान्स सन्तोषप्रसाद घिमिरे तथा हिम इलेक्ट्रोनिक्स् प्रालिका तर्फबाट वित्त नियन्त्रक अकाउन्ट एण्ड फाइनान्स योगेशचन्द्र पन्तको उपस्थितिमा हस्ताक्षर भएको थियो ।

 

 

वि.सं.२०८० साउन १५ सोमवार ११:०८ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...