back
CTIZAN AD

सेयर बजारमा उच्च अंकको पहिरो, कसले कति गुमाए ?

वि.सं.२०८० साउन २१ आइतवार

1.3K 

shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार ३८.३७ अंकले बजार घट्दै २०५१.४७ को बिन्दुमा झरेको छ ।

उच्च अंकले बजार घट्दा आइतबार नेप्सेका सबै समूहहरु राताम्मे बने । आइतबार सबैभन्दा धेरै अंकले जीवन बीमा, निर्जिबन बीमा र होटेल तथा पर्यटन समूहका कम्पनीको मूल्य घटेको छ ।

घटेको बजारमा प्रोगेसिभ फाइनान्सको मूल्यमा ९.५९ अंकले गिरावट आएको छ भने अभियान लघुवित्तको मूल्यमा पनि ८.०४ अंकले गिरावट आएको छ । यस्तै, सर्पोट माइक्रो फाइनान्सको मूल्यमा पनि ७.१४ अंकले घटेको छ ।

उच्च अंकले बजार घटेको भएपनि आइएमई लाइफ इन्स्योरेन्स, नेपाल रिपब्लीका मिडिया, कृषि विकास बैंक, पिपुल्स हाइड्रोलगायतको मूल्यमा उच्च अंकले बृद्धि भएको छ ।

कारोबार आएका २१७ कम्पनीमध्ये १९७को मूल्यमा गिरावट आयो भने १८ कम्पनीको मूल्य बढ्यो । यस्तै, दुई वटा कम्पनीको मूल्य यथास्थितिमा रहे ।

घटेको बजारमा विशेषतः वाणिज्य बैंकहरुको उच्च कारोबार भयो । कारोबारको हिसाबले कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कमर्शीयल बैंक अगाडि रहे । सानिमा बैंकको१२ करोड ६९ लाख बराबरको सेयर किनबेच भएको छ । यस्तै, एभरेष्ट बैंकको पनि १२ करोड २१ लाख बराबरको सेयर किनबेच भएको छ ।

आइतबार बजार घटेको भएपनि कारोबार रकम भने यसअघिका दिनमा भन्दा उच्च रह्यो । आइतबार ८० लाख सात हजार ३६१ कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम दुई अर्ब ६८ करोड ७१ लाख बराबरको रह्यो ।

वाणिज्य बैंकको गत आर्थिक वर्षको नाफा रिपोर्ट सार्वजनिक हुँदा लगानीकर्ता वाणिज्य बैंकहरुको सेयर खरिद–बिक्री गर्न झुप्पिए । जसको कारण लामो समयपछि वाणिज्य बैंकहरुको कारोबार उच्च रह्यो ।

वि.सं.२०८० साउन २१ आइतवार १५:२७ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...