back
CTIZAN AD

कांग्रेस नेता भण्डारीको आज शल्यक्रिया हुँदै

वि.सं.२०८० साउन ३१ बुधवार

843 

shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ ।

करिव छ महिना अगाडि आगलागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्रा डा शङ्कर राईले जानकारी दिएका छन् ।

पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनकोे शल्यक्रिया गर्न लागिएको अस्पतालले जनाएको छ ।

उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा तिमोथी स्प्रौलसमेत आएका अस्पतालका प्रमुख डा राईले बताए । नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम पनि फिर्ता गर्ने घोषणा गरेकाले डा स्प्रौल आफ्नै खर्चमा डा भण्डारीको शल्यक्रिया गर्न आएको जनाइएको छन् ।

डा स्प्रौललाई परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वागत गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

डा भण्डारीको शल्यक्रिया डा स्प्रौलसँगै प्रा डा बिडी झा, प्रा डा शङ्करमान राई, सहप्राध्यापक किरण किशोर, डा अनुप सुवेदी, डा प्रदीप राजभण्डारी, डा प्रविन गिरी, डा निजिना ताम्राकार र मोहनकृष्ण डङ्गोलसहितको टोलीले गर्नेछ ।
गत फागुन ३ गते राति आगलागीमा पर्नुभएका सांसद डा भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।

कीर्तिपुर बर्न अस्पतालका प्रमुख डा राईसँग परामर्श र निगरानीमा नै उनलाई फ्रन्टलाइनमा उपचार गराइएको थियो । अस्पतालमा उनलाई फिजियो थेरामी, ड्रेसिङलगायतका उपचार गराइएको थियो । उनकोे उपचारका लागि अस्पतालले पनि शुल्क नलिने घोषणा गरेको थियो । राज्यले दिएको रकम फिर्ता दिएकाले उनलार्ई सहयोग गर्न चाहनेहरू झन् बढेको उनका निकटस्थहरूले बताएका छन् ।

 

वि.सं.२०८० साउन ३१ बुधवार १२:२३ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...