back
CTIZAN AD

छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

वि.सं.२०८० साउन ३१ बुधवार

723 

shares

मनहरी (मकवानपुर) । मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् ।

जिल्लाको धियालमा ढुङ्गाले थिच्दा एक महिलाको मृत्यु भएको छ । मकवानपुर र बाराको सिमानामा अवस्थित बकैया गाउँपालिका–१ धियालको विजय डाँडाकी ५१ वर्षीया रुपामाया लोको ढुङ्गाले थिचेर ज्यान गएको हो ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मङ्गलबार गाईभैँसी चराउन गएकी उनी बसेको ढुङ्गा पल्टिएर त्यसले थिच्दा ज्यान गएको हो । इलाका प्रहरी कार्यालय निजगढको टोली आज घटनास्थलमा पुगेको उनले बताए ।

यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ चित्रेघारीमा भीरबाट लडेर स्थानीय ५३ वर्षीय विनोदकुमार बम्जनको मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा घाँस काट्न गएका उनी मङ्गलबार चिप्लिएर भीरबाट खसेका थिए । गम्भीर घाइते बम्जनलाई उपचारका लागि फर्पिङस्थित मनमोहन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

वि.सं.२०८० साउन ३१ बुधवार १२:०७ मा प्रकाशित

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...