back
CTIZAN AD

पहिरोको डरले रातभर सुत्दैनन् यहाँका बासिन्दा

वि.सं.२०८० साउन ३२ बिहीवार

1.2K 

shares

मुगु । गतवर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका–५ मा आधादर्जन बढी घरमा क्षति भएको थियो । गाउँमाथिबाट आएको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा गाउँका आधादर्जन बढी घरमा क्षति पुर्याएपछि उनीहरु अहिले घरबिहीन भएका छन् ।

वर्षातका कारण गाउँमाथिबाट कति बेला पहिरो आउँछ र गाउँका सबैको एकै चिहान बनाउने हो भन्ने चिन्तामा यहाँका स्थानीय नसुतेर रात कटाउने गरेका छन् । पानी परेपछि गाउँमाथि रहेको मैतु पखेराबाट पहिरोसँगै ठूला ढुङ्गा खस्न थालेपछि पहिराको डरले उनीहरु नसुतेर रात कटाउने गरेका हुन् ।

“नयाँ घरभित्र सर्न नपाउँदै अघिल्लो वर्षको पहिरोले घर पूर्णक्षति बनायो । अहिले छिमेकीको घरमा सबै परिवार बस्दै आएका छौँ । यही घरभित्र पनि पानीका मूल देखिन थालेका छन्”, स्थानीय कृष्णा रावलले भने, “अन्यत्र बस्ने ठाउँ छैन, कुन बेला पहिरोले सबै परिवारलाई एकै चिहान बनाउने हो भन्ने चिन्ताले रातभर निन्द्रा लाग्दैन ।” उनका अनुसार यहाँ एक सय २० घरधुरी छन् ।

“पूर्खाहरु यहाँ बसेदेखि गाउँको सिरानमा रहेको मैतु पहराबाट पहिरो आएको थिएन । गत असोजमा परेको अविरल वर्षाले पहिरो पनि आयो, धेरैका घरमा क्षति पनि पुर्यायो”, ढुमा गाउँका ज्येष्ठ नागरिक मुना कार्कीले भने, “यस वर्षको साउनको वर्षातले पहिरोको भेल गाउँभित्रै पस्यो, अन्नबालीमा क्षति बनाएको छ । पानीका मूल घरभित्र देखिन थालेका छन् ।” अन्नपात, भाँडाकुडा र लत्ताकपडा छिमेकीका घरमा सारिएको भन्दै बस्नका लागि सुरक्षित बासस्थान नहुँदा नसुतेरै रात बिताउनुपर्ने बाध्यता रहेको उनले बताए ।

आज बिहान जिल्ला समन्वय समितिका उपप्रमुख नैली कार्की, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक महेश बस्नेतलगायतको टोलीले पहिरोले क्षति पुर्याएको स्थानको अवलोकन गरेका थिए ।

उक्त टोलीलाई स्थानीय कृप बुढाले गाउँको अवस्थाका बारेमा जानकारी गराउँदै उचित व्यवस्थापनका लागि माग राखेका थिए । स्थलगत अवलोकनका क्रममा उपप्रमुख कार्की, प्रजिअ थापालगायतले यहाँका अधिकांश घरहरु पहिराको जोखिममा रहेको पाइएको बताएका थिए । स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले योजना बनाएर कार्यान्वयन गरे मात्र ढुमा गाउँको पहिरो नियन्त्रण हुने उनीहरुको भनाइ थियो । file-photo

 

वि.सं.२०८० साउन ३२ बिहीवार १७:३२ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...