back
CTIZAN AD

यस्तो बन्यो ‘पिरतीको मुस्कान’

वि.सं.२०८० भदौ ४ सोमवार

1.3K 

shares

काठमाडौ । चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा रहेको गीत सार्वजनिक गरिएको हो । देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको गीतलाई लिला र अन्जु सेलिङले निर्माण गरेका हुन्, भने करणको स्वर रहेको छ । यो गीत करण राई युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

चर्चित कवि तथा निर्देशक उपेन्द्र सुब्बाले करण र गीतको टिमलाई शुभकामना दिएका थिए । लीलाको बाबा–आमालाई करणले सम्मान गरेका थिए, भने करणलाई निर्माण टिमबाट स्वागत सम्मान गरिएको थियो । लीलाकी बाबाले पनि कार्यक्रममा शुभकामनाका शब्दहरु बोल्दै छोरीहरुलाई पढाउदाको विगतका दिनहरु सम्झिएका थिए । कार्यक्रममा क्रमश लेखक सन्दिप राई र म्युजिक भिडियो निर्देशक हाङ चेम्जोङले पनि शुभकामनाका शब्दहरु बोलेका थिए ।

आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही पुस्तकहरुपनि बजारमा ल्याईसकेकी छिन् । लाहुरेनी पिडा, ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशान बारे खोजमुलक लेखहरु लेखेकी छिन् । सामाजिक काममा समेत अग्रसर लिलाले विभिन्न पुरस्कारहरु समेत पाएकी छिन् । केही महिना अगाडी लिला र करणको सहकार्यमा ‘सिमाना’ बोलको गीतपनि आइसकेको छ ।

शानद्धरा निर्देशित म्युजिक भिडियोमा मिरुना र करण फिचर्ड छन् । फिल्मी शैलीमा तयार भएको भिडियोको प्रस्तुतीका कारण मिरुना र करणको जोडी जमेको छ । यो म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायङ्कन गरेका  छन्, भने रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् । सुप्रिम पराजुलीको सम्पादन रहेकाे छ ।

हेर्नुहाेस भिडियाे 

वि.सं.२०८० भदौ ४ सोमवार १५:०४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...