back
CTIZAN AD

सिंहदरबारमा राष्ट्रिय दलहरुको बैठक सुरु

वि.सं.२०८० भदौ ६ बुधवार

732 

shares

काठमाडौं । लामो समयदेखि अवरुद्ध संसद सुचारु गराउनका लागि सिंहदरबारमा राष्ट्रिय दलहरुको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीका नेताहरु सहभागी रहेका छन् ।

बैठकमा गत साउन ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाहिरबाट बरामद ६० किलो सुन तस्करी छानविनको अनुसन्धान गर्नका लागि गठन गरिने उच्चस्तरीय छानविन समितिको विषयमा छलफल गरिने बताइएको छ ।

सुन तस्करी छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै संसदमा प्रमुख प्रतिपक्षी रहेको नेकपा एमालेले साउन १० गतेदेखि प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको बैठकमा अवरुद्ध गर्दै आएको छ ।

यसअघि सुन तस्करी प्रकरणमा सिआइबीलाई छानविन गर्ने अनुमति दिएको सरकारले राज्यका प्रमुख सुरक्षा अंगलाई विश्वास गर्नुपर्ने र अनुसन्धानमा सबै पक्षले सघाउनु पर्ने बताउँदै आएको थियो । अन्तत सोमबार राति बसेको दलहरुको बैठकले एमालेको माग अनुसार छानविन समिति गठन गर्ने विषयमा सहमति जुटाउँदै त्यसका लागि तीन सदस्यीय कार्यदल समेत बनाएको थियो ।

एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा माओवादीका प्रमुख सचेतक हिरतराज पाण्डे रहेको कार्य दलले मंगलबार छानविन समिति गठनका लागि मस्यौदा तयार गरेर दलहरु समक्ष पेश गरेका थिए ।

 

 

वि.सं.२०८० भदौ ६ बुधवार १२:५८ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...