back
CTIZAN AD

प्रेस सेन्टर नेपालको दोश्रो पदाधिकारी पूर्ण बैठक, यी हुन् निर्णयहरु

वि.सं.२०८० भदौ १० आइतवार

918 

shares

काठमाडौं । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । राजधानीको पेरिसडाँडामा शनिबार सम्पन्न बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेकोे छ ।

संगठनका अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षतामा सम्पन्न बैठकले ३ महिने संगठन सुदृढीकरण तथा विस्तार अभियान र ६ महिने विशेष कार्ययोजना समावेश भएको महासचिव सन्तोष पौडेलद्वारा प्रस्तुत संठनात्मक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता एवम् प्रेस सेन्टर नेपालका ईन्चार्ज अग्निप्रसाद सापकोटाको विशेष उपस्थितिमा सम्पन्न बैठकले गण्डकी प्रदेश इन्चार्जमा उपमहासचिव दिपक श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा प्रदेश इन्चार्ज समेत रहेका उपाध्यक्ष त्रिभुवन पौडेलको निधन भएपछि सो रिक्त पदमा श्रेष्ठलाई जिम्मेवारी दिइएको हो ।

त्यसैगरी बैठकले संगठनको कमिटी संरचना चुस्त दुरूस्त र कामयावि बनाउन विधान सम्मेलन गर्ने निर्णय गरेको छ जसको लागि उपाध्यक्ष गोविन्द देवकोटाको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति पनि निर्माण गरेको छ ।

बैठकमा सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाले देशमा राजनीतिक संकट आइरहेको बताउँदै नेपाल अन्तराष्ट्रिय शक्ति केन्द्रको भूमि बन्ने खतरा रहेकोले नेपाली जनताको साथले मात्रै संकटलाई जित्नका लागि जनतालाई मनोवल रुपमा तयार गर्नका लागि सबै जनताका जान अपिल गरे ।

जनताको विश्वास जित्नका लागि माओवादी केन्द्रलाई जनतामा स्थापित बनाउनको लागि क्रान्तिकारी, जनपक्षीय पत्रकारहरुको संगठन प्रेस सेन्टरले एसाल्टको भूमिका निर्वाह गर्न अपिल गरे ।

 

उनले नेपाल र नेपालीलाई मुक्ति गर्नका लागि माओवादी केन्द्रको प्रमुख भूमिका रहेकोले गर्दा माओवादीले सञ्चालन गरेको ३ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सफल बनाउनको लागि सबै लाग्न अपिल गरे ।

उनले नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको जनतासँग माओवादीसँगको अभियानमा प्रत्येक घरमा गएर जनतालाई प्रशिक्षण गरी माओवादी आन्दोलनमा जोड्नका लागि जनताको साथै लिनुपर्ने बताए । उनले माओवादी बाहेक अन्य राजनीतिक पार्टीसँग कुनै भिजन जनतासँग लाग्नु पर्ने बताए । उनले यो अभियानमा जनताको बीचमा गएर समीक्षा गरी माओवादी कार्यकर्ता, नेताहरु रुपान्तरण हुनु पर्ने बतााए ।

उनले नेपाल विश्वका आफूले प्रतिनिधी सभाको नेतृत्व गर्दा प्रतिगामीहरुले संसद विगठन गरेपनि आफूले बफादार रुपमा लडेको कारणले संसदमा गठन भएकोले गर्दा माओवादी केन्द्र र जनताको विजयी प्राप्त भएको बताए । उनले सदनमा केपी शर्मा ओलीका प्रगिगामी कदमको विरुद्धमा लाग्दाको स्मरण गर्दै भने–“मैले भगतसिंहको पुस्तक पढेर साथ लिएको साहस लिएको थिए त्यसैले संकटको बेलामा अध्ययन गरी विरहरुको जीवनी पढेर निर्णय लिनुपर्दछ ।”

प्रेस सेन्टरको इन्चार्ज अग्नी सापकोटाले विश्वलाई व्याख्या गर्ने सबैले गरेको बताउँदै मुख्य कुरा बदल्ने भएको बताउँदै रुपान्तरण आफैबाट शुरुवात गर्नुपर्ने बताए । हाल माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारमा रहेकको बेलामा सबै तिर उत्साह बढेको बताए ।

प्रेस सेन्टर पदाधिकारीको बैठकमा प्रेस सेन्टरका सँस्थापक अध्यक्ष तथा प्रेस सेन्टरको सहइन्चार्ज महेश्वर दाहाल, प्रेस सेन्टरका संस्थापक सदस्य तथा प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
बैठकमा उपाध्यक्ष, महासचिव, पदाधिकारी र प्रदेश अध्यक्षहरुले रिपोटिङ गरेका थिए ।

वैठक विभिन्न विषयमा छलफल र अन्तरक्रियापश्चात महत्त्वपूर्ण निर्णय गर्दै ऐतिहासिक रूपमा सम्पन्न भएको महासचिव सन्तोष पौडेलले बताए ।

महासचिव पौडेलका अनुसार बैठकले संगठनको सुदृढीकरण र विस्तारको ३ महिने र ६ महिने ठोस र मुर्त योजना, कार्यविभाजन तथा कार्यतालिकासहित पत्रकार महासंघ, एकोराब जस्ता साझा संस्थाहरूमा संगठनको नेतृत्वदायी भुमिका निर्माण गर्ने, विचार मिल्ने संगठन र शक्तिसँग एकता, मोर्चा निर्माण गर्ने, पत्रकारका हक हित र अधिकारको पक्षमा आवश्यक आन्दोलनसमेत गर्ने र जनपक्षीय पत्रकारिता मार्फत सरकारको सुशासन र समृद्धिको अभियानलाई साथ र समर्थन दिने लगाएतका महत्त्वपूर्ण निर्णय गरेको छ ।

 

वि.सं.२०८० भदौ १० आइतवार १२:४८ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...