back
CTIZAN AD

बाराही सेदीले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल

वि.सं.२०८० भदौ १२ मंगलवार

939 

shares

काठमाडौं । बाराही सेदी लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासन गर्नका लागि  एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सम्झौता-पत्रमा बाराही सेदी होटेल लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक विप्लव पौडेल तथा धित्तोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

जारी पुँजी १ अर्ब १६ करोड रुपैयाँ रहेको उक्त होटेलले जारी पुँजीको १० प्रतिशत अर्थात् ११ करोड ६० लाख रुपैयाँ बराबरको ११ लाख ६० हजार कित्ताको शेयर जारी गर्ने कम्पनीले जनाएको छ । उक्त साधारण शेयर निष्कासन गर्ने सम्बन्धी कार्यको लागि होटेलले एनएमबि क्यापिटललाई धित्तोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त हस्ताक्षर कार्यक्रममा वाराही ग्रुपका अध्यक्ष हरि प्रसाद पौडेल, बोर्ड सदस्य बसन्ती पौडेल, वैभव पौडेल सहितका सञ्चालक तथा कर्मचारीहरू तथा एनएमबि क्यापिटलका कमल प्रसाद नेपाल तथा आशिष राज पाण्डेको समेत उपस्थिति रहेको थियो ।

नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पुरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडी बढाइने कार्यकारी सञ्चालक  पौडेलले बताएका छन् । हाल करिब ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भई सकेको उक्त होटेल सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तीव्र गतिमा निर्माण कार्य भइरहेको । होटेलमा १० वटा प्रिसिडेन्सियल स्विट सहित १५० कोठा र ११ वटा सर्भिस हाउस रहनेछन् ।

पोखराको लेक साइडमै पाँच तारे होटेलको माग बढ्दै गएकाले क्यासिनोसहितको सुविधा सम्पन्न होटेल बनाउन लागिएको छ । एक हजार २ सय क्षमताको हल समेत रहने यो होटेलमा इन्फिनिटी स्विमिङ पुल, हेल्थ क्लब, टावर लिफ्ट लगायतका आकर्षण हुनेछन् ।

वि.सं.२०८० भदौ १२ मंगलवार १०:५७ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...