back
CTIZAN AD

सन नेपालको आइपिओ बाँडफाँड

वि.सं.२०८० भदौ १५ शुक्रवार

789 

shares

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा निष्कासन गरेको आइपिओ बाँडफाँड भएको छ ।  बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैङ्किङले आज शुक्रवार बिहान शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि ७६ लाख ८० हजार कित्ता शेयर शेयर निष्कासन गरेको थियो ।  कम्पनीले अङ्कित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्कासन गरेको थियो ।

क्यापिटलका अनुसार यस आईपीओमा कुल १४ लाख ६६ हजार ८ सय ६२ जनाले आवेदन दिएका थिए  । जस मध्ये ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ  ।  योग्य रहेका १४ लाख ६० हजार ६१ जनालाई गोला प्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ  ।  जसबाट ७ लाख ६८ हजार हजार जनाले १० कित्ताको दरले शेयर पाएका छन्  ।

मेरो शेयरको वेबसाइटबाट आफूले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीले यस अघि नै गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ।  कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैङ्किङलाई शेयर रजिस्ट्रार पनि चयन गरिसकेको छ ।

यस सँगै कम्पनीको शेयर सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोबारको लागि सूचीकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित सेयर धनीहरूको हित ग्राही खातामा जम्मा गरिदिने, कारोबार भएको सेयरहरूको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयर धनी लगत अद्यावधिक गरी राख्ने लगायतका शेयर रजिस्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरू नेपाल एसबिआई मर्चेन्ट बैङ्किङले गर्ने छ ।

वि.सं.२०८० भदौ १५ शुक्रवार ०९:३९ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...