back
CTIZAN AD

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै मिड सोलु हाइड्रो

वि.सं.२०८० भदौ १९ मंगलवार

825 

shares

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि भदौ २८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

यस निष्कासनमा असोज १ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्कासनको लागि एनआईसी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्कासन गरिएको शेयर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको साबिक सल्लेरी गाविसमा ९.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविधुत आयोजना निर्माण सम्पन्न गरि २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । आयोजना प्रति मेगावाट लागत २१ करोड ९३ लाख रहेको छ भने कुल लागत २ अर्ब ८ करोड रहेको छ ।

वि.सं.२०८० भदौ १९ मंगलवार २०:०८ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...