back
CTIZAN AD

डिशहोम फाइवरनेटको सेवा पामेमा

वि.सं.२०८० भदौ २१ बिहीवार

714 

shares

काठमाडौँ । पोखराको पामेमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । आक्रमक रुपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगाएत आसपासका जिल्लाहरुमा विस्तार गरिरहेको छ ।

नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधैं तत्पर रहेको कम्पनीले जनाएको छ ।

ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको कम्पनीले दाबी गरेको छ ।

पामेमा ग्राहकहरुले अव डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने छन् । कम्पनीले प्रदान गर्ने सेवाका कारण अबको दिनमा डिशहोम फाइवरनेट नै पामेका ग्राहकहरुको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुने विश्वास कम्पनीले लिएको छ ।

डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर दाइ अथवा हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०८० भदौ २१ बिहीवार १४:१९ मा प्रकाशित