back
CTIZAN AD

प्रधानमन्त्रीको चीन भ्रमणबारे ऐजेन्डा तय भइसकेको छैन- परराष्ट्रमन्त्री

वि.सं.२०८० भदौ २१ बिहीवार

1K 

shares

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आगामी चीन भ्रमणका ऐजेन्डा तय भइनसकेको बताएका छन् ।

बिहीबार बिहान बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले आगामी अक्टोबर २३ तारिखमा हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा जानकारी दिँदै अहिले त्यस्तो कुनैपनि ऐजेन्डा तय नभइसकेको बताए ।

‘प्रधामन्त्रीको भ्रमण सफल बनाउनका लागि सरकारको सम्पूर्ण अंग क्रियाशील रहेका छन् । हामीले ठूलो लिस्ट भन्दा पनि जो डेलिभरी योग्य छन् ती परियोजना र मुद्दाहरुलाई अगाडि बढ्ने गरेर प्रस्तावहरु लैजाने विचार गरिरहेका छौं,’ उनले भने, ‘चीन र नेपाल परम्परादेखि नै धेरै घनिष्ट मुलुकका रुपमा रहि आएका छन् ।’

उनले चीन उदाउँदो आर्थिक शक्तिका रुपमा रहँदै आएको, हालका दिनमा चीनले नेपाललाई बहुआयामिक क्षेत्रमा सहयोग गर्दै आएको बताए ।
‘अहिले कुनै पनि ऐजेन्डा फाइनल स्टेजमा पुगिसकेको छैन । चीनले पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, शिक्षा लगायत विविधि क्षेत्रमा गर्ने सहयोगका बारेमा छलफल चलिरहेको र सो सँग सम्बन्धी विभिन्न सम्झौता र समझदारी पत्र तथा मस्यौदाका बारेमा पनि दुईपक्षबीच छलफल र तयारी चलिरहेको छ ।’ उनले भने ।

मन्त्री साउदले कोभिडका कारण दुइपक्षीय रुपमा हुन नसकेका व्यापार र परम्परागतका सीमा नाकाहरु खोल्ने विषयमा समेत छलफल भइरहेको जानकारी दिँदै यसलाई अन्तिम रुप दिने तयारीमा रहेको समेत बताए ।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड आगामी अक्टोबर ४ तारिख अमेरिकाको न्युर्योक जाने र त्यहाँ १८ दिनसम्म बसेर त्यहिबाट २३ तारिखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

 

वि.सं.२०८० भदौ २१ बिहीवार १६:१५ मा प्रकाशित

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले...

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु...

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न...

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...