back
CTIZAN AD

ताप्लेजुङ गोल्डकप : दर्शकको घुइँचो, टिकट बिक्रीबाटै १८ लाख भन्दा बढी सङ्कलन

वि.सं.२०८० भदौ २१ बिहीवार

891 

shares

ताप्लेजुङ । यहाँ बुधबार सम्पन्न ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट रु १८ लाख बढी रकम सङ्कलन भएको छ । यही भदौ १४ देखि २० गतेसम्म सञ्चालित प्रतियोगिताको अवलोकनका लागि आएका दर्शकबाट रु १८ लाख ७६ हजार छ सय सङ्कलन भएको लाखे जात्रा खेल सञ्चालन समितिले जनाएको छ ।

बुधबार एकै दिन फाइनल प्रतियोगितामा पुगेका दर्शकबाट रु सात लाख ५५ हजार सङ्कलन भएको थियो । फाइनल प्रतियोगितामा तीन हजार सात सय ७५ दर्शकले टिकट खरिद गरेर खेलको अवलोकन गरेका थिए ।

प्रतियोगिताको पहिलो दिन रु एक लाख ७० हजार आठ सय, दोस्रो दिन रु एक लाख ३१ हजार सात सय, तेस्रो दिन रु एक लाख ७५ हजार छ सय, चौथो दिन रु एक लाख ७७ हजार सात सय र पाँचाँै दिन रु एक लाख ५८ हजार चार सय सङ्कलन भएको आयोजक समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । यस्तै मङ्लबार भएको सेमिफाइनलको अन्तिम खेलमा रु तीन लाख ७४ हजार सङ्कलन भएको थियो ।

खेल अवधिभर नै जिल्ला र जिल्ला बाहिरबाट आएका दर्शकको घुइँचो नै लागेको थियो । यसपटकको प्रतियोगितामा करिब १० हजार दर्शकले अवलोकन गरेका छन् । लाखेजात्रामा आयोजना हुने हरेक वर्षका प्रतियोगितामा टिकट बिक्री गरिँदै आएको छ ।

खेल सञ्चालन गर्नका लागि खेलमैदान स्तरोन्नति गर्नुपर्ने, प्यारापिट निर्माण गर्नुपर्ने लगायतका कारण टिकट बिक्री गर्नुपर्ने बाध्यता रहेको आयोजकले जनाएको छ । यस वर्ष खेल मैदानको स्तरोन्नति र प्यारापिट निर्माणमा मात्रै अनुमानित रु आठ लाख बढी खर्च भएको बताइएको छ ।

यस्तै प्रतियोगिताका लागि विभिन्न सङ्घसंस्था, व्यक्तिबाट ठूलोमात्रामा सहयोग प्राप्त भएको आयोजकका अध्यक्ष देवराज गुरुङले बताए । ऐतिहासिक फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै पर्यटन प्रवद्र्धन, खेलकुदको विकासमा सहयोग पु¥याउन प्रतियोगिता आयोजना गरिएको र आगामी समयमा यसलाई थप परिस्कृत गर्दै निरन्तरता दिने उनकोे भनाइ छ ।

 

वि.सं.२०८० भदौ २१ बिहीवार १५:५३ मा प्रकाशित

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले...

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु...

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न...

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...