back
CTIZAN AD

समन्वय गरेर कार्यक्षमता बढाउन सञ्चारमन्त्रीको निर्देशन

वि.सं.२०७४ वैशाख ११ सोमवार

1.4K 

shares

११ वैशाख, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मन्त्रालयअन्तर्गतका निकायबीच समन्वय गरेर कार्यक्षमता बढाउन निर्देशन दिनुभएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयको विकास समस्या समाधान समिति बैठक तथा चालु आर्थिक २०७३÷७४ को दोस्रो चौमासिक प्रगति समीक्षामा उहाँले मन्त्रालयको कार्यान्वयन क्षमता वृद्धि गर्न आग्रह गर्नुभयो ।

सञ्चारमन्त्री कार्कीले भन्नुभयो, “मन्त्रालयअन्तर्गतका कार्यक्रम पूरा हुन सकेन, चालु आर्थिक वर्षका निर्धारित कार्यक्रम तथा योजना पूरा गर्नुहोस् ।” उहाँले अमूर्त कार्यक्रम घोषणा गर्ने तर कार्यान्वनमा पक्ष फितलो हुने अवस्था अब हुनुहुँदैन भन्नुभयो ।

नतिजामुखी नहुने परम्परा कायम हुँदै गएमा अराजकता निम्तिने उल्लेख गर्दै मन्त्री कार्कीले काम गर्ने शैली र सोचमा परिवर्तन नल्याएसम्म मुलुकको परिवर्तन हुन नसक्ने बताउनुभयो । मन्त्रालयको बेरुजु बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “बेरुजुले मन्त्रालयको छविलाई राम्रो गर्दैन, त्यसलाई अन्त्य गर्न विशेष ध्यान दिनु होला ।”

बैठकलाई सम्बोधन गर्दैै सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मन्त्रालयअन्तर्गतका सबै निकायको दुईतिहाइ काम सकाउने समयको बैठकले आगामी योजना बनाएर अगाडि बढ्न मद्दत गर्ने बताउनुभयो ।

वि.सं.२०७४ वैशाख ११ सोमवार ११:१६ मा प्रकाशित

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री...

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य...

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा हुन लागेको अनलाइन सम्मेलनमा सिर्जनशीलता,...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा...