back
CTIZAN AD

राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुँदै

वि.सं.२०८० भदौ ३० शनिवार

1.4K 

shares

मनहरी (मकवानपुर) । हेटौँडामा रू दुई लाख राशिको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । आज मकवानपुरमा पत्रकार सम्मेलन गर्दै आयोजक नागस्वती भेट्रान्स क्लबले आगामी असोज १६ गतेदेखि दोस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा कल्बका अध्यक्ष सोमबहादुर तितुङले प्रतियोगितामा देशभरका ४० वर्ष माथि उमेर समूहका खेलाडीको सहभागिता रहने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विजेतालाई रू दुई लाख एक हजार र उपविजेतालाई रू एक लाख एक हजार नगदसहित पुरस्कार वितरण गरिने छ ।

क्लबका अध्यक्ष तितुङले प्रतियोगितामा देशभरका १८-२० क्लबको सहभागिता रहने जनाउँदै खेलका लागि रू १६ लाख खर्च हुने अनुमान गरिएको बताए । ‘स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगिताले पूर्वखेलाडीको मनोबल उच्च राख्न सहयोग पुग्ने तितुङले बताए ।

तीन वर्षअघि स्थापना भएको क्लबले पहिलो वर्ष आयोजना गरेको प्रतियोगितामा आयोजक आफैँले उपाधि हासिल गरेको थियो ।
रासस /सांकेतिक फोटो

वि.सं.२०८० भदौ ३० शनिवार १५:१६ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...