Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

माछा पोखरीमा डुबेर दुईको मृत्यु



सुन्दरहरैँचा (मोरङ) । मोरङको ग्रामथानमा आज नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

ग्रामथान गाउँपालिका-२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान-२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार दुवै बालिकालाई डुबेर गम्भीर घाइते भएको अवस्थामा बिहान ११ः३० बजेतिर स्थानीयले फेला पारेका थिए ।

पोखरीमा नुहाउने क्रममा डुबेर घाइते भएका उनीहरूलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । प्रहरी र स्थानीयले उद्धार गरेर अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको दाहालले बताए ।
रासस/फाइल फोटो


-->

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।

ध्रुबप्रसाद गजुरेल,तारकेश्वर, काठमाडौं हराएछ मान्छे समरमा कतै भुलेको छ बाटो सफरमा कतै छ पैदल