back
CTIZAN AD

 नवनिर्मित मंकाः खलःको भवनको उपप्रमुख डङ्गोलद्वारा उद्घाटन

वि.सं.२०८० भदौ ३० शनिवार

810 

shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न नेपाल भाषा मंकाः खलःको नवनिर्मित भवनको आज महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले  उद्घाटन गरेकी छन् ।
महानगरपालिकाको करिब १० करोड पचास लाख रुपैयाँको लागतमा २६ आना जग्गामा निर्माण गरिएको उक्त चार तले भवनमा सांस्कृतिक हल, ग्यालरी लगायतका सुविधाहरु रहने छन् ।
भवन निर्माणका लागि धेरै समय अघि कविकेशरी चित्तधर हृदयले काठमाडौँ वडा नं १५ बिजेश्वरीमा रहेको आफ्नो १० आना जग्गा निःशुल्क प्रदान गरेका थिए भने सँगै जोडिएको बाँकी जग्गा कथाकार मोतिलक्ष्मी उपासिकाको आफन्तबाट खरिद गरिएको थियो ।
सो अवसरमा उपप्रमुख डङ्गोलले एकताको नारा दिने नेवाः समुदायका अभियानकर्ताहरुलाई स-साना स्वार्थ पूर्तिका लागि विवादमा नअल्झिन सुझाव दिइन् ।
नेपाल भाषा जगेर्नाका लागि अब घरका बाजेबज्यैबाट नै आफ्ना सन्ततिलाई भाषा सिकाउन वार्तालापको थालनी गर्नुपर्ने बताउँदै उनले नेपाल भाषा, संस्कृति, साहित्य र परम्परा संरक्षणका लागि सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गरिन् ।
सभाध्यक्षको आसनबाट मंकाः खलःका अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठले धेरै वर्षअघिदेखिको सपना पूरा भएबाट उज्यालो दिन आउँदै छ भन्ने अनुभूति आफूलाई भएको बताए ।
मंकाः खलःका उपाध्यक्ष मल्ल के सुन्दरले नेवाः पहिचान र सम्पदा संरक्षणका लागि ४५/४६ वर्षदेखि गर्दैआएको आन्दोलनको स्मरण गदै भवन निर्माण मातृभाषाभाषीहरुको साझा अभियानको एक स्मारक हो भने । उनले यस अभियानको जिम्मा लिन अब नयाँ पुस्ता अगाडि आउनुपर्ने विचार पनि व्यक्त गरे ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले महानगरपालिकाका ठूला परियोजनाहरुमध्येको एक मंकाः खलःको यो भवन निर्माणमा आफ्नो ठाउँबाट सानै भएपनि योगदान गर्न सकेको भन्दै खुशी व्यक्त गरे ।
भवन निर्माणको ठेक्का कमल जेभी कन्स्ट्रक्शन कम्पनीले पाएको थियो । यस परियोजनाका लागि काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर सुन्दर शाक्यको कार्यकालमा बजेट विनियोजन भएको थियो ।
रासस

वि.सं.२०८० भदौ ३० शनिवार १५:५२ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...