
काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रुपैयाँमा ३ करोड कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डले अनुमति दिएपछि कम्पनीले ६ अर्ब २४ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।