back
CTIZAN AD

हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ बाँडफाँड मिति तोकियो

वि.सं.२०८० असोज १ सोमवार

1.5K 

shares

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले असोज २ गते बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

हाथवेले भदौ २१ देखि भदौ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्कासन गरेको हो ।

कम्पनीको प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँ रहेको छ । आईपीओमा आवेदन दिंदा न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । शेयर बाँडफाँड हुँदा पनि न्युनतम २० कित्ताको दरले नै बाँडफाँड हुने छ । कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरि बाँडफाँड समेत गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डले असार १७ गते कम्पनीलाई शेयर निष्कासनको अनुमति प्रदान गरेको हो । कम्पनीले आफ्नो शेयरको प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँ कायम गरेको छ । सोहि कारण कम्पनीको आईपीओ प्रति कित्ता ५० रुपैयाँ मै आएको हो । कम्पनीले आफ्नो कुल पुंजीको १२.५० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गरेको हो । कम्पनीको जारी पुंजी १ अर्ब १७ करोड रहेको छ । आईपीओ निष्कासनपछि कम्पनी चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ ।

हाल नेपाली बजारमा सोल्टी होटेल लिमिटेडले प्रति कित्ता १० रुपैयाँ अंकित मूल्य कायम गरेर शेयर निष्कासन गरेको थियो। सोल्टी होटेल बाहेक सबै कम्पनीले प्रति कित्ता १०० रुपैयाँ कायम गरेर शेयर निष्कासन गरेका थिए। हाथवे प्रति कित्ता ५० रुपैयाँमा शेयर निष्काशन गर्ने पहिलो कम्पनी बनेको छ ।

वि.सं.२०८० असोज १ सोमवार १०:२२ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...