Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ बाँडफाँड मिति तोकियो



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले असोज २ गते बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

हाथवेले भदौ २१ देखि भदौ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्कासन गरेको हो ।

कम्पनीको प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँ रहेको छ । आईपीओमा आवेदन दिंदा न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । शेयर बाँडफाँड हुँदा पनि न्युनतम २० कित्ताको दरले नै बाँडफाँड हुने छ । कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरि बाँडफाँड समेत गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डले असार १७ गते कम्पनीलाई शेयर निष्कासनको अनुमति प्रदान गरेको हो । कम्पनीले आफ्नो शेयरको प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँ कायम गरेको छ । सोहि कारण कम्पनीको आईपीओ प्रति कित्ता ५० रुपैयाँ मै आएको हो । कम्पनीले आफ्नो कुल पुंजीको १२.५० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गरेको हो । कम्पनीको जारी पुंजी १ अर्ब १७ करोड रहेको छ । आईपीओ निष्कासनपछि कम्पनी चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ ।

हाल नेपाली बजारमा सोल्टी होटेल लिमिटेडले प्रति कित्ता १० रुपैयाँ अंकित मूल्य कायम गरेर शेयर निष्कासन गरेको थियो। सोल्टी होटेल बाहेक सबै कम्पनीले प्रति कित्ता १०० रुपैयाँ कायम गरेर शेयर निष्कासन गरेका थिए। हाथवे प्रति कित्ता ५० रुपैयाँमा शेयर निष्काशन गर्ने पहिलो कम्पनी बनेको छ ।


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक