back

भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा कार्यान्वयनमा सहजता हुन्छ : अध्यक्ष तिमिल्सिना

वि.सं.२०८० असोज ८ सोमवार

51 

shares

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा मात्रै कार्यान्वयनमा सहजता आउने बताएका छन् । उनले भूगोलअनुसार, जनसङ्ख्याको अनुपात हेरेर मात्रै बजेट दिँदा योजना सफल भएको बताएका हुन् ।

बागलुङ नगरपालिकाले आइतवार आयोजना गरेको बागलुङ नगरपालिकाको विकास र भावी योजनाको विषयमा आयोजित नगरस्तरीय अन्तरक्रियामा अध्यक्ष तिमिल्सिनाले सङ्घीयता व्यवहारमा कार्यान्वयन आए पनि योजना निर्माणमा सङ्घीय सरकारको अंकुश अझै कायम रहेको बताए ।

उनले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा मात्रै उक्त योजना सफल हुने भन्दै टुक्रे बजेटमा सङ्घीय सरकारको ध्यान दिएको बताए । उनले एउटै प्रकृतिका सङ्घ र प्रदेशका दुई वटा कार्यालय जिल्लामा आवश्यक नरहेको बताए । उनले बजेटको सीमा तोकेर कार्यान्वयन गर्न सकेमा मात्रै योजना सफल हुने र सङ्घीयता व्यवहारमा कार्यान्वयन हुने बताए ।

“कम्तीमा ५० करोड माथिको योजना सङ्घका, १० करोड माथिका योजना मात्रै प्रदेशले हेर्ने हो भने स्थानीय तहमा साना योजना र धेरै बजेट आउँछ, काम गर्न सहज हुन्छ”, अध्यक्ष तिमिल्सिनाले भने, “ससाना बजेटमा सङ्घीय सरकारको ध्यान पुग्दा कार्यान्वयनमा समस्या सिर्जना भइरहेको पाइन्छ, कतिपय कानुन निर्माणको अभावमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन समस्या भइरहेको छ, सङ्घ सरकारसँग नबाझिने गरी कानुन निर्माण गरेर स्थानीय सरकार सबल बन्न सक्छ ।”

उनले बागलुङ र पर्वत जोड्ने लामा झोलुङ्गे पुलले बजारीकरण र पर्यटनमा टेवा पु¥याएकोे बताए । उनले विकास निर्माणमा पार्टी, व्यक्ति र क्षेत्र हेर्न नहुने बताए । उनले विकास निर्माणमा समानता हुन आवश्यक रहेको बताउँदै जनताले स्थिर सरकार खोजेको बताए । बागलुङ नगरपालिकाले नगरका समस्या र भावी विकास निर्माणको विषयमा राष्ट्रियसभाका अध्यक्षसँग आठ बुँदे मागपत्र बुझाएको छ ।

नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरपालिकाको जग्गा व्यवस्थापन, भवन निर्माण र दब्ल्याङको पहिरोको समस्यालगायत विषयमा आठ बुँदे मागपत्र बुझाएका थिए ।
रासस

वि.सं.२०८० असोज ८ सोमवार ०६:५६ मा प्रकाशित

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

भरतपुर । मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ...

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई...

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

बेनी (म्याग्दी) । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा...

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

ढोरपाटन (बागलुङ) । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’...

तनहुँ बस दुर्घटना अपडेट : घाइते भएका दुई जनाको मृत्यु

तनहुँ बस दुर्घटना अपडेट : घाइते भएका दुई जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको...