back
CTIZAN AD

भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा कार्यान्वयनमा सहजता हुन्छ : अध्यक्ष तिमिल्सिना

वि.सं.२०८० असोज ८ सोमवार

852 

shares

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा मात्रै कार्यान्वयनमा सहजता आउने बताएका छन् । उनले भूगोलअनुसार, जनसङ्ख्याको अनुपात हेरेर मात्रै बजेट दिँदा योजना सफल भएको बताएका हुन् ।

बागलुङ नगरपालिकाले आइतवार आयोजना गरेको बागलुङ नगरपालिकाको विकास र भावी योजनाको विषयमा आयोजित नगरस्तरीय अन्तरक्रियामा अध्यक्ष तिमिल्सिनाले सङ्घीयता व्यवहारमा कार्यान्वयन आए पनि योजना निर्माणमा सङ्घीय सरकारको अंकुश अझै कायम रहेको बताए ।

उनले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा मात्रै उक्त योजना सफल हुने भन्दै टुक्रे बजेटमा सङ्घीय सरकारको ध्यान दिएको बताए । उनले एउटै प्रकृतिका सङ्घ र प्रदेशका दुई वटा कार्यालय जिल्लामा आवश्यक नरहेको बताए । उनले बजेटको सीमा तोकेर कार्यान्वयन गर्न सकेमा मात्रै योजना सफल हुने र सङ्घीयता व्यवहारमा कार्यान्वयन हुने बताए ।

“कम्तीमा ५० करोड माथिको योजना सङ्घका, १० करोड माथिका योजना मात्रै प्रदेशले हेर्ने हो भने स्थानीय तहमा साना योजना र धेरै बजेट आउँछ, काम गर्न सहज हुन्छ”, अध्यक्ष तिमिल्सिनाले भने, “ससाना बजेटमा सङ्घीय सरकारको ध्यान पुग्दा कार्यान्वयनमा समस्या सिर्जना भइरहेको पाइन्छ, कतिपय कानुन निर्माणको अभावमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन समस्या भइरहेको छ, सङ्घ सरकारसँग नबाझिने गरी कानुन निर्माण गरेर स्थानीय सरकार सबल बन्न सक्छ ।”

उनले बागलुङ र पर्वत जोड्ने लामा झोलुङ्गे पुलले बजारीकरण र पर्यटनमा टेवा पु¥याएकोे बताए । उनले विकास निर्माणमा पार्टी, व्यक्ति र क्षेत्र हेर्न नहुने बताए । उनले विकास निर्माणमा समानता हुन आवश्यक रहेको बताउँदै जनताले स्थिर सरकार खोजेको बताए । बागलुङ नगरपालिकाले नगरका समस्या र भावी विकास निर्माणको विषयमा राष्ट्रियसभाका अध्यक्षसँग आठ बुँदे मागपत्र बुझाएको छ ।

नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरपालिकाको जग्गा व्यवस्थापन, भवन निर्माण र दब्ल्याङको पहिरोको समस्यालगायत विषयमा आठ बुँदे मागपत्र बुझाएका थिए ।
रासस

वि.सं.२०८० असोज ८ सोमवार ०६:५६ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...