back
CTIZAN AD

एपेक बैठक सहयोग विस्तारमा केन्द्रित हुनुपर्ने चीनको भनाई

वि.सं.२०८० असोज ९ मंगलवार

1K 

shares

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक द्वन्द्वलाई बिर्सेर सहयोग बढाउने मञ्चका रुपमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

‘विश्व समुदायको साझा भविष्य : चीनकोे प्रस्ताव र व्यवहार’ शीर्षकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशान्त क्षेत्रका २१ देश सदस्य रहेको अन्तरसरकारी मञ्च एपेकको अमेरिका बैठकमा चीनले रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।

एपेकको महत्वपूर्ण सदस्य एवं सबैभन्दा ठूलो विकासशील देश चीन सकारात्मक पक्षलाई बढावा दिन सधै तत्पर रहेको बताउँदै चिनियाँ विदेशमन्त्रीले बैठक आयोजक देशका रुपमा अमेरिकाले पनि खुला तथा निष्पक्ष भएर व्यवहार गर्ने विश्वास व्यक्त गरे ।

बैठकका निम्ति उपयुक्त वातावरण बनाउन वासिङ्टन नचुक्ने विश्वास पनि उनले व्यक्त गरे । स्वास्थ्य, जलवायु परिवर्तनलगायत विश्वले सामना गर्नुपरेका चुनौती समाधानका निम्ति पनि चीनले उपाय सुझाएको विदेशमन्त्री वाङले बताए ।

आगामी नोभेम्बर १५देखि १३ सम्म क्यालिफोर्नियाको तेस्रो ठूलो शहर सान फ्रान्सिस्कोमा ‘सबैका निम्ति दिगो र उत्थानशील भविष्य निर्माण’बारे बृहद् छलफल गर्न एपेक शिखर बैठक हुँदैछ । (रासस/सिन्ह्वा)

वि.सं.२०८० असोज ९ मंगलवार १८:०७ मा प्रकाशित

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...