back
CTIZAN AD

इन्धन डिपो विष्फोटमा बीस जनाको मृत्यु, २९० जना घाईते

वि.सं.२०८० असोज ९ मंगलवार

1.4K 

shares

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन् । स्थानीय अधिकारीहरूका अनुसार अजरबैजानी सेनाको कारबाहीबाट जोगिन हजारौं आर्मेनियाली उक्त क्षेत्रबाट भागेका बेला यो घटना भएको हो ।

घटनास्थलमा १३ वटा शव भेटिएका तथा तिनको परिचय नखुलेको अधिकारीहरूले र थप सात जनाको अस्पतालमा मृत्यु भएको बताएका छन् ।

आर्मेनियाका अधिकारीहरूले भने दुई सय ९० जनाभन्दा बढी घाइतेलाई अस्पतालन भर्ना गरिएको तथा ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जनाएका छन् ।

अजरबैजानले १० महिनादेखि इन्धन आपूर्तिमा अवरोध गरेको सन्दर्भमा उक्त डिपोमा इन्धन पाइने आशमा लामबद्ध भएका उपभोक्ता मारिएका आशङ्का गरिएको छ ।

यसैबीच, नागोर्नो काराबाख क्षेत्रका १३ हजार पाँच सय आर्मेनियाली शरण खोज्दै येरेभान आएका सरकारी अधिकारीहरूले बताएका छन् । अजरवैजानी सेनाबाट असुरक्षा महसुस गर्दै सोमबार राति सात सयभन्दा बढीले रुसी शान्ति सेनाको शिविरमा आश्रय लिएका थिए ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले द्वन्द्वग्रस्त नागोर्नो–काराबाख क्षेत्रका जातीय आर्मेनियालीको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । (रासस/एएफपी)

वि.सं.२०८० असोज ९ मंगलवार १८:१३ मा प्रकाशित

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...