back
CTIZAN AD

चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेता वार्ता गर्न सहमत

वि.सं.२०८० असोज ९ मंगलवार

1.4K 

shares

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको छ । सरकारी अधिकारीहरूका अनुसार सन् २०१९ पछि पहिलो पटक त्रिपक्षीय वार्ता हुन लागेको हो

सोलमा चीन, जापान र दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञहरूबीच अप्रत्यासित रुपमा भएको बैठकपछि चीनले मङ्गलबार तीनवटै देशका नेताहरूबीच ‘यथाशीघ्र’ शिखर बैठक गर्न सहमति भएको बताएको हो ।

टोकियो, वासिङ्टन र सोलबीचको सुदृढ सुरक्षा सम्बन्धलाई दृष्टिगत गरी ती देशसँग बिग्रिएको सम्बन्ध सुधार गर्ने प्रयासका रुपमा चीनले बैठकका निम्ति सहमति जनाएको विश्लेषकहरूले बताएका छन् । पचिल्लो समय अमेरिकासँगको बिग्रदो सम्बन्धलाई लिएर चीन चिन्तित छ ।

“चीन, जापान र दक्षिण कोरियाबीचको सहकार्यलाई तीन पक्षको साझा हितमा निरन्तरता दिनृ सहमति भएको छ,” विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा मङ्गलबार भने ।

प्रवक्ता वाङका अनुसार तीनवटै देशले आ–आफ्ना विदेश मन्त्रीहको बैठक अर्को केही महिना आयोजना गरेर त्यसपछि उपयुक्त समयमा जति सक्दो चाँडो शीर्ष नेताहरूको बैठक गर्न बेइजिङ, सोल र टोकियो सहमत भएका छन् ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले पनि तीनवटै देशका कूटनीतिज्ञहरू शीघ्र त्रिपक्षीय शिखर बैठक आयोजना गर्न तथा त्यसको तयारीमा विदेश मन्त्रीस्तरीय बैठकको आयोजना गर्न सहमत भएका बताएको छ । पछिल्लो पटक त्रिदेशीय शिखर सम्मेलन सन् २०१९ मा भएको थियो । (रासस/एएफपी)

वि.सं.२०८० असोज ९ मंगलवार १८:१५ मा प्रकाशित

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...