back
CTIZAN AD

एसियाड : ब्याडमिन्टनमा नेपालको पुरुष टिम विजयी

वि.सं.२०८० असोज ११ बिहीवार

1K 

shares

हाङ्चाउ (चीन) । १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिमले मंगोलियालाई पराजित गरेको छ ।

बिनजियाङ जिम्नयाजियम कोर्टमा बिहीबार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २-० ले हराउँदै हराए । प्रिन्स २१-८, २१-१४ तथा सुनिल २१-११, २१-७ ले विजयी भए ।

तर विष्णु कटुवाल भने सुमियासुरेन एनखबातसँग २-१ ले पराजित भएपछि मंगोलियाले पुनरागमन गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा विष्णु २१-२३, २४-२२, १७-२१ ले पराजित भए ।

तर प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २-० ले पराजित गर्दै खेल जितेको हो । प्रिन्स र विष्णुको जोडी २१-८, २१-९ ले विजयी भयो ।

महिला टिम इभेन्टमा भने नेपाल माल्दिभ्ससँग ३-१ ले पराजित भयो ।

नेपालकी रशिला महर्जन माल्दिभ्सकी फतिमाथ नबाहा अब्दुल रज्जाकसँग २-१ ले, नङ्शल तामाङ अमिनाथ नाबिहा अब्दुल रज्जाकसँग २-० पराजित भए । अनु माया राईले अइसाथ अफ्नान असिदलाई २-० ले पराजित गरेपछि नेपालले खेलमा पुनरागमन गरेको थियो । तर रशिला र अनुको जोडी फतिमाथि र अमिनाथको जोडीसँग २-० ले पराजित भएपछि नेपाल खेलमा पराजित भएको हो ।

वि.सं.२०८० असोज ११ बिहीवार १०:५६ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...