back

‘कौसीद’ मा इमान्दार शिक्षकले भोग्ने पीडालाई देखाएका छौँ : अभिनेता सापकोटा

वि.सं.२०८० असोज ११ बिहीवार

630 

shares

काठमाडौँ । नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य बनाउने अभिनेता भोलाराज सापकोटाले बताएका छन् । उनले चलचित्र ‘कौसीद’ को भूमिका सुनेपछि काम गर्न सहमत भएको बताए । चलचित्रमा इमान्दार शिक्षकले भोग्ने पीडा देखाइएको उनले बताए ।

भारतमा ‘वर्फी’ चलचित्रमा काम गरेपछि चर्चामा आएका अभिनेता सापकोटा नेपाली चलचित्र र रङ्गमञ्चको स्थापित नाम हो । “मैले नेपाली रङ्गमञ्चमा काम नगरेको होइन, तर बलिउडको प्रभाव बढी भएकाले अभिनेता रणवीर कपूरका साथी भनेर चिनारी पाएको छु । नेपाली नाटक प्रेमीले मलाई विभिन्न नाटकका पात्रको रुपमा चिन्नुहुन्छ”, अभिनेता सापकोटाले भने, “रङ्गमञ्चमा सिकिएका कुरा चलचित्रमा प्रयोग गर्न नपाउँदा कहिलेकाहीँ खल्लो लाग्छ । त्यस समयमा निर्देशकको कलाकार (डिरेक्टर्स एक्टर) भइदिन्छु ।”

केही चलचित्रमा आफ्नो पात्रलाई निर्माण गर्न नपाउँदा निर्देशकका अनुसार काम गरेको उनले बताए । अभिनेता सापकोटाले भने, “मैले देखेका थुप्रै शिक्षकमार्फत प्रभावित भएर कौसीदको पात्र बन्न तयार भएको हुँ ।” चलचित्रमा उनले इमान्दार शिक्षकको भूमिका निर्वाह गरेका छन् ।

श्रीमती र आफन्तको अनुरोधमा बैंकबाट ऋण लिएर घर निर्माण गरेपछि अचानक बढ्ने ब्याजदरले निम्त्याउने समास्या चलचित्रमा देखाइएको छ । उनले इमान्दार भएर सामना गर्नुपर्ने कठिनाइलाई चलचित्रमा देखाइएको बताए ।

चलचित्रको कथासार मन परेपछि चरित्र निर्माणमा उनी स्वयम् खटिएका थिए । “प्राय निर्देशकले नै पात्रलाई तयार गर्नुहुन्छ । मसँग केही उदाहरण भएकाले मैले प्रयोग गर्ने अनुमति मागे र पाए पनि । यस्ता चलचित्रले अप्ठ्यारो स्थितिमा पनि संयमता गुमाउनु हुदैन भन्ने सन्देश दिन्छ । यो हाम्रै समाजमा घटिरहने एउटा कथा हो”, अभिनेता सापकोटाले भने ।

कुमार भास्करले निर्देशन गर्नुभएको चलचित्रमा अभिनेता सापकोटासँगै ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दिप लोहनीलगायत कलाकारले अभिनय गरेका छन् ।

 

वि.सं.२०८० असोज ११ बिहीवार १३:५२ मा प्रकाशित

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

जानकी (बाँके) । मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको...

स्वर सम्राट् नारायण गोपालका तीन सपना पूरा गरिँदै

स्वर सम्राट् नारायण गोपालका तीन सपना पूरा गरिँदै

  काठमाडौँ । महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको...

चलचित्र फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

चलचित्र फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

ललितपुर । ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’...

‘पशुपति प्रसाद २ र भष्मे डन’पछि ‘पशुपति प्रसाद ३’ निर्माण गरिने

‘पशुपति प्रसाद २ र भष्मे डन’पछि ‘पशुपति प्रसाद ३’ निर्माण गरिने

काठमाडौँ । ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ...

भाषा संस्कृतिलाई समेटेर देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

भाषा संस्कृतिलाई समेटेर देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

गलकोट (बागलुङ) । बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ...