back
CTIZAN AD

एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान जारी

वि.सं.२०८० असोज १२ शुक्रवार

963 

shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको असोज ८ देखि सुरु भएको प्रथम अधिबेशवनमा नेतृत्व चयनका लागि निर्वाचन सुरु भएको छ ।
विहीबार बिहानदेखि निर्वााचन हुने भनिएपनि सबै पदका लागि सहमतिको प्रयासका कारण समयमा निर्वाचन हुन सकेको थिएन । यद्यपी अहिले निर्वाचन प्रक्रिया सुरु भइसकेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनको पहिलोदिन सहमतिका आधारमा नेतृत्व चयनमा जोड दिएपछि अध्यक्षका आंकाक्षी पाँचजना देखिएपछि निर्वाचनमा जानु परेको थियो । यद्यपी तीजनाले उम्मेदवारी फिर्ता लिइसकेकोले मकवानपुरका कैलाश प्रसाद ढुंगेल र रामेछापका कृष्ण प्रसाद दाहाल निर्वाचनको मैदानमा उत्रिएका छन् ।
त्यस्तै एक उपाध्यक्ष पदका लागि ईश्वर चन्द्र पोखरेल, दावा दोर्ज लामा, नारायण प्रसाद खतिवडा, राजेन्द्र प्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिश्पर्धा हुने भएको छ ।
त्यसैगरी प्रदेश सचिवका लागि पनि पूर्वसांसद नवराज सिलवाल र हस्त पण्डितबीच प्रतिश्पर्धा हुने भएको छ ।

त्यस्तै प्रदेश कमिटीका लागि सिन्धुपाल्चोक, काभ्रे, चितवन र रसुवाबाट सर्वसम्मत नेतृत्वको टुंगो लागिसकेको छ भने अन्य जिल्लाबाट पनि केही नेताहरु निर्विरोध निर्वाचित भएको बताइएको छ ।

प्रदेशको पहिलो अधिबेशन तथा निर्वाचनका लागि प्रदेशका ११ जिल्लाबाट एघार सय बढी प्रतिनिधि उपस्थित भएका छन् ।

वि.सं.२०८० असोज १२ शुक्रवार १३:५२ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...