back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० असोज १३ शनिवार

1.7K 

shares

राजेश क्षेत्री निर्दोष, दार्चुला

१.
थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन्
देशकै माने जानेका गद्दार के गर्न खोजेका हुन्
विश्वकै नामर्द कलङ्क उजाड सन्ततिहरूले
गरेर पशु चौपाया बलात्कार के गर्ने खोजेका हुन् ।

२.
एकदिन परिवार टुट्छ आफन्त टुट्छ
बिस्तार बिस्तारै टुट्छ मन्द मन्द टुट्छ
तसर्थ आफ्नो सुन्दरताको घमण्ड नगरौँ
एउटा रिसले सयौं दिनको सम्बन्ध टुट्छ ।

३.
औँसी विनाको जून मलाई चाहिन्न
हिरा होस् या सुन मलाई चाहिन्न
दुःखमा हजार कोष टाढा जानेले
सुखमा दिएको गुन मलाई चाहिन्न ।

४.
परिश्रम गर मेहेनत लगाउ काम बन्छ
तलव धेरै खाने ठाउँमा थोरै खाउ काम बन्छ
विद्यार्थीको भविष्यसँग खेलवाड गर्नुभन्दा
सक्रिय भई पठनपाठनमा जाऊ काम बन्छ ।

५.
शिर उठाउनुको सट्टा शिर निहुराई टाढा हुनु छ
मेरै खिलाफमा छन् मेरा दाजुभाई टाढा हुनु छ
अचानो बनेर बञ्चरोको चोट सहनु भन्दा
दुश्मन सम्झिनुस् या मित्र मलाई टाढा हुनु छ ।

वि.सं.२०८० असोज १३ शनिवार ०८:३४ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...