back

मुक्तक

वि.सं.२०८० असोज १३ शनिवार

252 

shares

राजेश क्षेत्री निर्दोष, दार्चुला

१.
थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन्
देशकै माने जानेका गद्दार के गर्न खोजेका हुन्
विश्वकै नामर्द कलङ्क उजाड सन्ततिहरूले
गरेर पशु चौपाया बलात्कार के गर्ने खोजेका हुन् ।

२.
एकदिन परिवार टुट्छ आफन्त टुट्छ
बिस्तार बिस्तारै टुट्छ मन्द मन्द टुट्छ
तसर्थ आफ्नो सुन्दरताको घमण्ड नगरौँ
एउटा रिसले सयौं दिनको सम्बन्ध टुट्छ ।

३.
औँसी विनाको जून मलाई चाहिन्न
हिरा होस् या सुन मलाई चाहिन्न
दुःखमा हजार कोष टाढा जानेले
सुखमा दिएको गुन मलाई चाहिन्न ।

४.
परिश्रम गर मेहेनत लगाउ काम बन्छ
तलव धेरै खाने ठाउँमा थोरै खाउ काम बन्छ
विद्यार्थीको भविष्यसँग खेलवाड गर्नुभन्दा
सक्रिय भई पठनपाठनमा जाऊ काम बन्छ ।

५.
शिर उठाउनुको सट्टा शिर निहुराई टाढा हुनु छ
मेरै खिलाफमा छन् मेरा दाजुभाई टाढा हुनु छ
अचानो बनेर बञ्चरोको चोट सहनु भन्दा
दुश्मन सम्झिनुस् या मित्र मलाई टाढा हुनु छ ।

वि.सं.२०८० असोज १३ शनिवार ०८:३४ मा प्रकाशित

मुक्तक

मुक्तक

बिटु केसी,सुर्यविनायक, भक्तपुर १. सजाउन जाने सम्बन्ध फूल हो नजान्दा...

हाइकु

हाइकु

म्यामराज राई हतुवागढी -६, होम्ताङ्, भोजपुर (हाल - जापान) १...

लघुकथा : पागल

लघुकथा : पागल

होम प्रसाद नेउपाने, धरान,सुनसरी आज शनिबार । कोठामा घोत्लिएर बसिरहेको...

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

कलानिधि दाहााल,काठमाडौं आँधी उठाएर अलिकति तूफान पोको पारेर निकै नै...

कविता : सामवेदको स्वर

कविता : सामवेदको स्वर

राजेन्द्रकुमार बज्राचार्य कोटेश्वर, काठमाण्डौ सात थरी रहे कस्ता, छन् सामवेदको...

कोपिला

कोपिला

गिरिराज डल्लाकोटी,चितवन १. बिनाअर्थ डराउनेहरू हुन्छन् एउटाले लगाइदियोभने स्यालहुइँया पछिपछि...