back
CTIZAN AD

कान्तिदेवीको हत्या आरोपमा जेठाजुसहित तीन पक्राउ

वि.सं.२०८० असोज १७ बुधवार

819 

shares

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी कान्तिदेवी बिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कान्तिदेवीका जेठाजुद्वय ५९ वर्षीय चन्द्रिका राउत बिन, ५७ वर्षीय अमिरिका राउत बिन र स्थानीय लालबाबुु राउत बिन रहेका छन् । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

कान्तिदेवीसँग रहेको रकम लुट्ने उद्देश्यले तीनै जना मिलेर धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक कोमल शाहले जानकारी दिए । कान्तिदेवीका श्रीमान्को १० वर्षअघि नै मृत्यु भइसकेको छ । उनको एक्ला छोरा अर्जुन वैदेशिक रोजगारको सिलसिलामा हाल मलेसियामा छन् ।

आमाको मृत्युपछि घर फर्किएका अर्जुनले यही असोज ७ गते किटानी जाहेरी दिएपछि सोही दिन प्रहरीले लालबाबुलाई पक्राउ गरेको थियो । लालबाबु पक्राउ परेपछि उनले दिएको बयाण्नको आधारमा प्रहरीले चन्द्रिका र अमिरिकालाई यही असोज १४ गते पक्राउ गरेको थियो । रासस

वि.सं.२०८० असोज १७ बुधवार ०६:३७ मा प्रकाशित

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...