back
CTIZAN AD

रनवे भिजिविलिटी रेन्ज कम हुँदा कतार एयरको जहाज ‘ओभरसुट’

वि.सं.२०८० असोज १७ बुधवार

1.3K 

shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नैलाग्दा कतार एयरवेजको जहाजलाई ओभरसुट गर्नुपरेको छ । रनवे भिजिविलिटी रेन्ज (आरभीआर) कम हुँदा कतार एयरवेजको जहाजलाई क्याप्टेनले ओभर सुट गरेका हुन् ।

उडान नं. ६४८ नम्बरको यो जहाज दोहाबाट काठमाडौं आएको थियो । जहाज बुधबार बिहान सवा सात बजे अवतरण गर्दै थियो । धावनमार्ग नदेखेपछि ‘मिस अप्रोच’ गरेको जहाज केही समयपछि काठमाडौं अवतरण गरेको छ ।

ओभरसुट भएका जहाजहरु सामान्यतया आकासमा एक फन्को लगाएर केही समयमै अवतरण हुने गरेका छन् । आज कतार एयरको जहाजले पनि आकासमा एक फन्को लगाएर २० मिनेटपछि अवतरण गरेको थियो ।

त्रिभुवन विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरु सिमरामाथिको आकाशबाटै एप्रोच लिने गर्दछन् ।

जहाजहरु ओभरसुट हुनुलाई अधिकारीहरु सामान्य रुपमा लिन्छन् । कहिलेकाहिँ एप्रोच नमिल्दा, भिजिबिलिटी कम हुँदा, अत्यधिक पानी पर्दा र कहिलेकाहिँ जहाज हाई अल्टिच्युड भएर आउँदा पनि ओभर सुट हुने गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि पनि जहाजहरु ओभरसुट भएका विवरणहरु छन् । २०७९ भदौमा सिंगापुर एयरलाइन्सको जहाज र गत वैशाखमा एयर इण्डियाको जहाज ओभरसुट भएका थिए ।

आज काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ । पानी परेको बेला रनवेमा पाङ्ग्रा चिप्लिने जोखिम हुने प्राविधिकहरु बताउँछन् ।
रासस/सांकेतिक फोटो

वि.सं.२०८० असोज १७ बुधवार १०:०८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...