back
CTIZAN AD

धनगढी–दिपायल द्रुतमार्ग कालोपत्र चाँडै

वि.सं.२०८० असोज १७ बुधवार

1.1K 

shares

गोदावरी (कैलाली) । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक कालोपत्रका लागि कैलाली खण्डमा बेसको काम भइरहेको सडक योजना कार्यालयले जनाएको छ ।

योजना कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार बेसको काम सकिने बित्तिकै उक्त सडक कालोपत्र गर्ने तयारी थालिने छ । गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको सडक कालोपत्रको काम एक महिनापछि हुने योजना कार्यालयले जनाएको छ । धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गको २३ किलोमिटर कालोपत्रका लागि २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो । धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार र दिपायल–बाजमोर्ड खण्डको नौ दशमलव चार किलोमिटर सडक कालोपत्रका लागि सम्झौता भएको थियो ।

कैलालीमा थप साढे छ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको प्रमुख रावलले बताए । उनका अनुसार चार खण्डमा सडक कालोपत्रको काम हुँदैछ । ठेक्का भएका चार सडकको भौतक प्रगति औसतमा ६५ प्रतिशत भएको जनाएको छ ।

डोटीमा छ किलोमिटर कालोपत्र गरिएको छ । डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा एक महिनापछि कालोपत्रको काम सुरु हुने छ । द्रुतमार्गको ४३ दशमलव आठ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भएकामा ६५ प्रतिशतमात्र काम पूरा भएको छ ।

धनगढी खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ सालमा पिपलचौताराबाट स्याउलेसम्मको १३ दशमलव चार किलोमिटरमा कालोपत्र गर्न रु १६ करोड ४० लाखमा ठेक्का भएको थियो । दिपायल खण्डमा आश्रय–प्रशंसा–दुनिला जेभीले सडकको काम गर्दैछ । विसं २०७८ मा ठेक्का सम्झौता गरिएको भए पनि बजेट अभावका कारण सडक निर्माणको काम अलपत्र परेकामा चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेको छ । विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक खोल्न थालिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भएको थियो । पछि पूर्व–पश्चिम राजमार्गबाट धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरमा काम भइरहेको छ ।

वि.सं.२०८० असोज १७ बुधवार ११:३५ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...