back
CTIZAN AD

सिक्किममा आएको बाढीमा परी ४३ जना बेपत्ता, उद्धार कार्य जारी

वि.सं.२०८० असोज १७ बुधवार

1.1K 

shares

गान्तोक (सिक्किम) । वर्षाका कारण उत्तर पश्चिम सिक्किममा रहेको साउथ ल्होनाक तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा २३ सैनिक र सर्वसाधारणसहित ४३ जना बेपत्ता भएका छन् ।

एक अधिकारीका अनुसार राङ्पो र आसपासका क्षेत्रमा गए राति करिब तीन हजार देखि चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने जिल्लामा पाँच वटा राहत शिविर पनि खोलिएको छ ।

सिक्किमका डिस्ट्रिक्ट म्याजिस्ट्रेट टासी चोपेलका अनुसार धेरै भवन र सवारी साधनमा क्षति पुगेको, करिब २० सर्वसाधारण र २३ सैनिक हराइरहेका दुःखद् खबरहरू आएका छन् ।

उनले भने, “हामीले सेनामा २३ जना हताहत भएको बारेमा पनि सुनिरहेका छौं, जसको पुष्टि उनीहरूसँग गर्न आवश्यक छ । करिब २० स्थानीय पनि बाढीपछि सम्पर्कमा आएका छैनन् ।”

जिल्लामा पाँच वटा राहत शिविर खोलिएको र उद्धारका लागि सेनासहितका सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पुगिसकेका बताइएको छ ।

पाक्योङका डिस्ट्रिक्ट म्याजिस्ट्रेट चोपेलले भने, “राङ्पोको आईबीएम क्षेत्रमा १५० भन्दा बढी घरमा क्षति पुगेको छ भने केही मानिसको ज्यान गएको छ ।

शैक्षिक संस्थाहरू माझीटारको सिक्किम मणिपाल इन्स्टिच्युट अफ टेक्नोलोजी र सिङटाम र राङपोको बीचमा रहेको बारदाङको एडभान्स टेक्निकल ट्रेनिङ सेन्टरमा पनि अचानक बाढी पसेको र पहिलो तल्ला जलमग्न भएको पाक्योङ जिल्लाका अधिकारीहरूले जानकारी दिएका छन् ।
एएनआई

वि.सं.२०८० असोज १७ बुधवार २२:४३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...