back
CTIZAN AD

ट्रकले म्याजिकलाई ठक्कर दिँदा नौ जना घाइते

वि.सं.२०८० असोज १७ बुधवार

846 

shares

हेटौँडा । मकवानपुरको हेटौँडामा आज ट्रकले म्याजिकलाई ठक्कर दिँदा नौ जना घाइते भएका छन् । घाइते तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

हेटौँडा उपमहानगरपालिका-१९ सान्नानीटारमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत सान्ननीटारमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज ३१६७ नम्बरको म्याजिकलाई सोही दिशाबाट आएको ना५ख ९६८४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा उक्त घटना भएको प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए । सडक किनारमा रोकी यात्रु चढाईरहेको अवस्थामा म्याजिकलाई ट्रकले ठक्कर दिएको उनले बताए ।

घटनामा परी घाइते भएका हेटौँडा ११ थानाभञ्ज्याङका ३६ वर्षका विमल पुलामी मगर, हेटौँडा १९ नेवारपानीका लोकबहादुर मोक्तानकी दुई वर्षकी छोरी कुश्मी मोक्तान र सोही स्थानकी ५६ वर्षकी ठूलीमाया बम्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते मोक्तान र बम्जनलाई उपचारका लागि चितवन र बाँकी सातजनालाई उपचारका लागी हेटौँडा अस्पताल ल्याइएको प्रवक्ता भण्डारीले जानकारी दिए । ट्रक तथा म्याजिक चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

वि.सं.२०८० असोज १७ बुधवार २३:०९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...