back
CTIZAN AD

दुर्घटनामा १३ घाइते, सात जनाको अवस्था गम्भीर

वि.सं.२०७४ वैशाख १३ बुधवार

909 

shares

१३ बैशाख, मलेखु (धादिङ) । धादिङको सिद्धलेक गाउँपालिका–५ चापखोलामा मंगलबार भएको ट्रक दुर्घटनामा १३ जना घाइते भएका छन् । ती मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेहरुमा सिद्धलेक गाउँपालिका–५ का ४५ वर्षीय गाडीधनी कूलबहादुर श्रेष्ठ, ३७ वर्षीय मिनाकुमारी श्रेष्ठ, नीलकण्ठ नगरपालिका– ७ का नौ वर्षीय सुदिप श्रेष्ठ, पाँच वर्षीय सुजन श्रेष्ठ, २७ वर्षीयलक्ष्मी श्रेष्ठ र नवराज श्रेष्ठ र नीलकण्ठ नपा–४ का १९ वर्षीय रोजन श्रेष्ठ छन् । अन्य सामान्य घाइते छन् ।

कालुपाण्डे मार्गको कालीदहबाट कुम्पुरतर्फ जाँदै गरेको बा ३ ख ८७८८ नं. को स्वराज ट्रक कच्चीसडकबाट पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जीयारले जानाकारी दिनुभयो ।

कुम्पुरतर्फ पसलको सामान लिएर जाँदै गरेको सो ट्रकमा उनीहरु सवार थिए । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई उपचारका लागि काठमाडाँैतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७४ वैशाख १३ बुधवार ०२:१७ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...