Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

आउनुहोस् प्रत्येक इलामेली इलामको दूत बनौं, एउटा माध्यमको खोजि गरौँ



 

renuka-karki-qatar

परदेशमा जब एउटा जिल्लाका अथवा गाबिसका मानिसहरु एक ठाउँमा भेला भएर आफ्ना गाउँ आफ्ना जिल्लामा भैपरि आउने समस्याका बारेमा कसरि निकास पाइन्छ भनेर छलफलमा जुट्छन तब पक्कै पनि अत्यन्त मिठो नतिजा सहित त्यो छलफल, बैठकको समापन हुन्छ । एउटा सामाजिक भावनाले भरिएको व्यक्तिलाइ त्यसपछी मिल्ने आत्मसन्तुष्टिको बयान शब्दमा गर्न सकिदैन । तर परदेशमा एक जिल्ला एक गाउँका व्यक्तिहरुलाई समेटेर एउटा संस्था रुपी छाताको मुनि सबैलाई गोलबन्द गर्न अग्रजहरुलाई पक्कै पनि गाह्रो हुन्छ तर संस्था स्थापना भैसकेपछी त्यसले दिने फाइदा अटुट हुन्छ ।

परदेशमा कुनै पनि नेपालिलाइ ठुलो समस्या परेको खण्डमा सम्पूर्ण संघसंस्था एकजुट भइ सहकार्य गर्ने हातेमालो गर्ने परम्परा छ जब अन्य जिल्लाका नेपालिहरु छुट्टीको दिनमा आआफ्नो पायक पर्ने स्थानमा बसेर बिभिन्न समस्याका बारेमा छलफल गरिरहेका हुन्थे तब मेरो मनमा पनि त्यो अभिलाषाले जन्म लियो म पनि कतारमा रहेका इलामेलीहरुलाई एकताबद्ध गरेर जिल्ला संस्था स्थापना गर्छु भन्ने । संकल्प गरें त्यसका लागि इलामबाट कतारमा आइ बिभिन्न बैचारिक संस्थाहरुमा आवद्ध इलामेलीहरुलाई सम्पर्क गर्न शुरु गरें । यसमा छुटाउन नहुने नाम मोहन श्रेष्ठ हो उहाँसंग सम्पर्क भएपछी म मा अझै आत्म बिश्वास बढ्न थाल्यो । पक्कै एकदिन “म इलाम बासि” बाट “हामि इलामेली” भन्न सक्ने ठुलो समूहको गतिशील संस्था खोल्न सक्छु भन्ने लाग्यो । त्यसपछी इलाम सेवा समाजका वर्तमान अध्यक्ष धनबहादुर बिक भाइसित भेटेपश्चात मेरो सपना साकार हुने निश्चित भयो । त्यस्तै आदरणीय तिलबिक्रम थेवे दाजुले पनि निकै हौसला दिनुभयो भने बिभिन्न अन्य जिल्लाबासी अग्रज दाजुभाइबाट मैले भरपुर साथ् पाएँ।

धनबहादुर बिक, मोहन श्रेष्ठ, धनबहादुर काफ्ले, मनकुमार बिक, झरेन्द्र खड्काहरु इलाम सेवा समाज स्थापनार्थ जग बसाल्ने हस्तीहरु हुनु हुन्छ । सबैको साथ् सहयोगको फलस्वरूप २३ जनवरी २०१५ का दिन धनबहादुर बिकको अध्यक्षतामा तदर्थ समिति गठन गरियो । त्यसपछी प्रेम सुबेदी जस्ता खारिएका व्यक्तिहरुको दोहा प्रवेश र संस्थामा आगमनले गर्दा इलाम सेवा समाज कतारले आफुलाइ धेरै संघसंस्थाहरुको भिडमा उभ्याउन सफल भयो ।

संस्थाले कतारमा बिभिन्न कारणले मृत्युवरण गर्न पुगेका इलामेली तथा गैरइलामेली नेपालिहरुको परिवारमा केहि आर्थिक सहयोग गरि परिवारको पिडामा मल्हम लगाउन सफल भयो । त्यस्तै जिल्लामा खानेपानी ब्यस्वस्थापन, वृद्धाश्रमको लागि आर्थिक सहयोग लगायतका कामहरु गरिसकेको छ । त्यसपछि १३ मइ २०१६ का दिन अधिबेशन गरि धनबहादुर बिककै अध्यक्षतामा इलाम सेवा समाज गठन गरि बिभिन्न क्रियाकलापमा सहभागी हुँदै आइरहेका छौं ।

संस्थाको लागि अहोरात्र खटिने अर्का समाजसेवी भाइ केबी लिम्बुको संस्थामा आगमनपश्चात संस्थाले सामाजिक क्षेत्र मा तिब्र गति लियो भने मलाइ प्रेरणा कि स्रोत बनिन मेरै सहयात्री बहिनि सपना लिम्बू । यसरी हाम्रो दृष्टिमा अहिले केहि समस्याका बाबजुद् पनि संस्थाले पूर्णता पाएको छ । अब हाम्रो लक्ष भनेको इलाम सेवा समाज कतार र विश्वका अन्य देशमा खोलिएका इलाम जिल्लास्तरीय संस्थाहरुसंग छलफल गरि इलाम सेवा समाज अन्तराष्ट्रिय नामले नेपालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गराई जिल्लामा पर्ने बिभिन्न समस्याहरुमा हातेमालो गर्ने विदेशबाट फर्केर गएका इलामेलीहरुको विदेशमा सिकेको सिप देशको हितमा कसरि उपयोग गर्ने विदेशबाट पठाएको रकम कसरि सहि सदुपयोग गर्ने र हाम्रो इलामलाइ विश्वभर प्रसिद्ध पर्यटकीय स्थलको रुपमा कसरि चिनाउने भनेर बिभिन्न देशमा छरिएर रहेका इलामेलीहरु सित परामर्श गर्दै सबैको सल्लाह सुझाव अनुसार अगाडी बढ्नु हो ।

इलाम सेवा समाजले हालसालै विदेशको कमाइलाई केहि बचत गर्ने बानि बसोस भन्ने सोचका साथ् इलामेली बुद्धिजीवी प्रशान्त शर्मा र टेकेन्द्र बिकको अग्रसरतामा बचत योजना पनि शुरु गरिसकेका छौं । यसमा कतारमा रहेका इलामेलीहरुले आफ्नो कमाइको केहि हिस्सा प्रत्येक महिना यस बचत कोषमा जम्मा गर्न सक्छन् भने घरायसी कामका लागि न्युन ब्याजदरमा सो रकम इलामेलीहरुका लागि बिधि सम्मत तरिकाले लगानी पनि गरिन्छ । दोहा कतारका नेपालिहरुका बीच इलाम सेवा समाजलाइ आफ्नो कलाको माध्यमले चिनाउदै छन्, नृत्यकार भरत केसी र लिना आचार्य, उहाँहरुको जोडीले दोहा कतारका बिभिन्न कार्यक्रममा नेपालि कला संस्कृतिलाइ आफ्नो नृत्यका माध्यमले पस्कदै कतारमा इलामेलीहरुको उपस्थितिलाइ गर्विलो महसुस गराएका छन् ।

इलाम सेवा समाजले आफ्नो संस्था स्थापनाको एक बर्ष पुरा गरेको अवसरमा बनभोज कार्यक्रमको आयोजना गरि सभ्य र भब्य रुपमा सम्पन्न गरिसकेको छ र अब आउँदा दिनमा एउटा भब्य सांस्कृतिक कार्यक्रम गर्ने सोच का साथ् संस्था अगाडी बढिरहेको छ । आउनुहोस हामि विश्वभरि छरिएर रहेका इलामेलीहरु इलामलाइ पर्यटकीय स्थलको रुपमा विश्वभर चिनाउन विदेशमा रहेका प्रत्येक इलामेली इलामको दुत बनौं एउटा माध्यमको खोजि गरौँ र सबैले हातेमाले गरौ । अन्त्यमा ढिलै भएपनि नवबर्ष २०७४ को उपलक्ष्य मा देश विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपालि दाजुभाइ दिदिबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४ स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको