back
CTIZAN AD

युरोपमा रहेका पर्वतेलीहरुको बृहद भेला हुँदै

वि.सं.२०७४ वैशाख १२ मंगलवार

948 

shares

parbat1पर्बत जिल्लाबाट युरोप आई स्थायी तथा अस्थाई बसोबास गर्ने पर्बतेलिहरुको युरोप स्तरिय भेला हुने भएको छ । पर्बतका गाउँ, शहरदेखि युरोपको हरेक देशमा रहनु भएका पर्बतेलिहरु बीच समन्वय गरि एकता, सद्भाव एवं बन्धुत्वलाई फराकिलो पार्न उक्त भेला गर्न लागिएको हो ।
उक्त भेलाले पर्बतको सामाजिक, आर्थिक क्षेत्रमा टेवा पुग्ने खालको गतिविधिमा सहयोग हुने आशा गरिएको छ । सम्बृद्द पर्बत निर्माणमा हाम्रो अभियान” भन्ने मुल उद्देश्यका साथ आगामी ३० अप्रिल आईतबारका दिन बेल्जियमको आन्तरपेन शहरमा हुने भएको हो ।
पर्बत समाज बेल्जियमको अधिबेशन तथा पर्बतेलीहरूको “युरोप स्तरिय भेलामा “युरोप स्थित सम्पुर्ण पर्बतेलि दाजुभाई तथा दिदीबहिनीहरू लाई उपस्थित भैदिनुहुन पर्बत समाज बेल्जियमका अध्यक्ष कुमार जोशीले आग्रह गर्नु भएको छ । जोशीले भन्नु भयो – ब्यक्तिहरुलाई एउटै छातामुनि समेटेर बिभिन्न सामाजिक कार्यहरु गर्ने अभिप्रायले पर्बतेलिहरुको युरोप स्तरिय भेला गर्न लागिएको हो ।
उक्त भेलामा स्पेन, पोर्तुगल ,स्वीटजरल्याण्ड , फ्रान्स , बेलायत,अष्ट्रीया ,इटाली ,डेनमार्क ,नेदरल्याण्ड लगायत युरोपमा रहेका विभिन्न देशहरु बाट पर्बतेलिहरुको उपस्थित रहने छ ।

वि.सं.२०७४ वैशाख १२ मंगलवार ११:४३ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...