back
CTIZAN AD

सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढेपछि पर्यटन व्यवसायी चिन्तित

वि.सं.२०७४ वैशाख १२ मंगलवार

1K 

shares

mount-everest१२ वैशाख,सल्लेरी,सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढेपछि पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेका छन् ।

सगरमाथाको फोहोर व्यवस्थापनको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीपीसी०ले जिम्मेवारी पूरा नगर्दा फोहोर बढेको भन्दै व्यवसायी चिन्तित बनेका हुन् ।

कस्मो ट्रेक प्रालिमार्फत सगरमाथा आरोहणको तयारीका लागि क्याम्प– २ मा पुग्नुभएका किताबसिंह तामाङले उक्त क्षेत्रमा फोहोरको मात्रा बढेको बताउनुभयो । फलामको डन्डी, सिसा, बोतललगायत फोहोर जताततै रहेको उहाँले बताउनुभयो ।

समिट नेपाल टे«क प्रालिका पथप्रदर्शक दावा तामाङ आरोहीलाई सामग्री भन्दा पनि आफू कसरी सकुशल फर्कने भन्ने हतारका कारण फोहोरको मात्रा बढेको बताउनुहुन्छ । सम्बन्धित निकायले समयमै सफा गर्न ध्यान नदिए पर्यटनमा असर पुग्ने उहाँको भनाइ छ ।
आरोही र कामदारले फोहोरलाई आफैँले फिर्ता ल्याउनुपर्ने पर्वतारोहण नियमावलीमा उल्लेख छ । नष्ट गर्न सकिने, पुनः प्रशोधन गर्न सकिने, र पुनः निकासी गर्नुपर्ने गरी फाहोरलाई तीन भागमा वर्गीकरण गरिएको छ । क्याम्प १ भन्दामाथी रहेको फोहोर सगरमाथा आधार शिविर ल्याएर जलाउनुपर्ने, पुनःप्रशोधन गर्न सकिने फोहोर काठमाडौँ महानगरपालिकामा लगेर बुझाउनुपर्ने तथा पुनः निकासी गर्नुपर्ने भए सम्बन्धित आरोहीले आफ्नो देशमा फिर्ता लैजानु पर्ने कानुनी प्रावधान छ ।

यस क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्नका लागि २०५४ सालदेखि सगरमाथा प्रदूषण नियन्त्रण समितिले प्रतिआरोही ६०० डलर लिने गरेको छ । उक्त शुल्कबाट शौचालय निर्माणदेखि फोहोर सङ्कलन केन्द्र स्थापना गर्ने गरिएको छ । तर सो समितिले फोहोरको व्यवस्थापनमा ध्यान नदिएको आरोहीको आरोप छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी०का अध्यक्ष आङदोर्जे शेर्पा आधारशिविरभन्दा माथिको फोहोर सङ्कलनको जिम्मा समितिको नभएको बताउनुहुन्छ । प्रत्येक आरोही र कामदारलाई आठ किलोग्राम फोहोर आधारशिविरसम्म ल्याउन लगाउने र क्याम्प २ मा कर्मचारी राखेर अनुगमन गरी प्रदूषण गर्नेलाई कारबाही गर्ने गरिएको उहाँको दाबी छ ।

पर्यटन विभागले क्याम्प २ देखि चुचुरोसम्मको बाटो सरसफाइ गर्नका लागि पर्वतारोही सञ्चालक सङ्घलाई जिम्मा दिएको छ । तर तर त्यसको कार्यान्वयन नहँुदा समस्या भएको हो ।

वि.सं.२०७४ वैशाख १२ मंगलवार ११:३१ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...