back

सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढेपछि पर्यटन व्यवसायी चिन्तित

वि.सं.२०७४ वैशाख १२ मंगलवार

735 

shares

mount-everest१२ वैशाख,सल्लेरी,सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढेपछि पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेका छन् ।

सगरमाथाको फोहोर व्यवस्थापनको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीपीसी०ले जिम्मेवारी पूरा नगर्दा फोहोर बढेको भन्दै व्यवसायी चिन्तित बनेका हुन् ।

कस्मो ट्रेक प्रालिमार्फत सगरमाथा आरोहणको तयारीका लागि क्याम्प– २ मा पुग्नुभएका किताबसिंह तामाङले उक्त क्षेत्रमा फोहोरको मात्रा बढेको बताउनुभयो । फलामको डन्डी, सिसा, बोतललगायत फोहोर जताततै रहेको उहाँले बताउनुभयो ।

समिट नेपाल टे«क प्रालिका पथप्रदर्शक दावा तामाङ आरोहीलाई सामग्री भन्दा पनि आफू कसरी सकुशल फर्कने भन्ने हतारका कारण फोहोरको मात्रा बढेको बताउनुहुन्छ । सम्बन्धित निकायले समयमै सफा गर्न ध्यान नदिए पर्यटनमा असर पुग्ने उहाँको भनाइ छ ।
आरोही र कामदारले फोहोरलाई आफैँले फिर्ता ल्याउनुपर्ने पर्वतारोहण नियमावलीमा उल्लेख छ । नष्ट गर्न सकिने, पुनः प्रशोधन गर्न सकिने, र पुनः निकासी गर्नुपर्ने गरी फाहोरलाई तीन भागमा वर्गीकरण गरिएको छ । क्याम्प १ भन्दामाथी रहेको फोहोर सगरमाथा आधार शिविर ल्याएर जलाउनुपर्ने, पुनःप्रशोधन गर्न सकिने फोहोर काठमाडौँ महानगरपालिकामा लगेर बुझाउनुपर्ने तथा पुनः निकासी गर्नुपर्ने भए सम्बन्धित आरोहीले आफ्नो देशमा फिर्ता लैजानु पर्ने कानुनी प्रावधान छ ।

यस क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्नका लागि २०५४ सालदेखि सगरमाथा प्रदूषण नियन्त्रण समितिले प्रतिआरोही ६०० डलर लिने गरेको छ । उक्त शुल्कबाट शौचालय निर्माणदेखि फोहोर सङ्कलन केन्द्र स्थापना गर्ने गरिएको छ । तर सो समितिले फोहोरको व्यवस्थापनमा ध्यान नदिएको आरोहीको आरोप छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी०का अध्यक्ष आङदोर्जे शेर्पा आधारशिविरभन्दा माथिको फोहोर सङ्कलनको जिम्मा समितिको नभएको बताउनुहुन्छ । प्रत्येक आरोही र कामदारलाई आठ किलोग्राम फोहोर आधारशिविरसम्म ल्याउन लगाउने र क्याम्प २ मा कर्मचारी राखेर अनुगमन गरी प्रदूषण गर्नेलाई कारबाही गर्ने गरिएको उहाँको दाबी छ ।

पर्यटन विभागले क्याम्प २ देखि चुचुरोसम्मको बाटो सरसफाइ गर्नका लागि पर्वतारोही सञ्चालक सङ्घलाई जिम्मा दिएको छ । तर तर त्यसको कार्यान्वयन नहँुदा समस्या भएको हो ।

वि.सं.२०७४ वैशाख १२ मंगलवार ११:३१ मा प्रकाशित

Himalayan Life AD
दुधकुण्ड यात्रामा १० घण्टा बेपत्ता हुँदाका ती क्षणहरू !

दुधकुण्ड यात्रामा १० घण्टा बेपत्ता हुँदाका ती क्षणहरू !

काठमाडौं । ‘पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल...

पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दी। अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित...

लामो बिदाले बढायो आन्तरिक पर्यटन, भरिभराउ भयो पोखरा

लामो बिदाले बढायो आन्तरिक पर्यटन, भरिभराउ भयो पोखरा

जमुना वर्षा शर्मा, पोखरा । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन...

मुस्ताङमा एकैदिन भित्रिए झण्डै सात हजार पर्यटक, स्थानीय होटल भरिभराउ

मुस्ताङमा एकैदिन भित्रिए झण्डै सात हजार पर्यटक, स्थानीय होटल भरिभराउ

सुन्दरकुमार थकाली, मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन...