
लेवनानमा २ दर्जन बढी दुलहीको ड्रेस रुखमा फासी दिइएको अवस्थामा झुण्ड्याइएको छ ।
लेबनानको बेरुत सहरको व्यस्त सडकको किनारमा रहेका खजुरको बोटहरुमा दुलहीको सेतो रंङका ड्रेसहरुमा डोरीले बाँधेर झुण्ड्याएर कानुको बिरोध गरिएको हो ।
रुखमा दुलहीका ३० जोडा ड्रेस फासी लगाइएको अवस्थामा डरलाग्दो रुपमा झुण्डिएको देखिन्छ ।
लेबनानमा दिनहुँ बलात्कारको घटना बढेको र बलात्कार गर्ने व्यक्तिले पीडित महिलासँग बिवाह गरेमा उसले गरेको अपराध माफ गरिदिने लेवनानको कानुनमा रहेको छ ।
प्रदर्शनकारीले लेबनानको संसद्मा आगामी सत्रमा यस्तो कानुन खारेज गर्नुपर्ने माग गर्र्दै प्रर्दशन गरिएको हो । यस विषयमा लेबनानकी महिलामन्त्री जियाँ ओगास्बियाले पुरानो परम्पराबादी सोँचको निरन्तरा रहेको बताएकी छन् ।
यसैबीच गैरसरकारी संथा आबादकी आलिया आवादीले भनिन्, ‘महिनामा ३० दिन हुन्छ । अनि हरेक दिन एक महिलामाथि बलात्कार हुन्छ । अनि बलात्कारीसँग बिवाह गर्न कानुनले मजबुर बनाउँछ ।’
लेबनानमा यस्तो कानुनको खारेज गर्नुपर्ने भन्दै गतवर्ष फरवरीमा पनि सिफारीस गरिएको थियो । विबिसी
वि.सं.२०७४ वैशाख १२ मंगलवार १०:४२ मा प्रकाशित