back
CTIZAN AD

बाइडेन र सिबीच भेट गराउने ह्वाइट हाउसको योजना

वि.सं.२०८० असोज २० शनिवार

1K 

shares

वासिङ्टन डिसी । ह्वाइट हाउसले आगामी नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेट गराउने योजना बनाइरहेको वासिङ्टन पोस्टले जनाएको छ ।

ह्वाइट हाउस प्रशासनका एक उच्च अधिकारीका अनुसार दुई मुलुकबीचको सम्बन्धलाई स्थिर बनाउने प्रयासका रूपमा दुई नेताबीच भेट गराउन लागिएको हो ।

“बैठक पक्का हुनेछ”, भेटबारे औपचारिक घोषणा भइनसकेको भन्दै आफ्नो नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, “भेट गराउने योजनाको हामी प्रारम्भिक प्रक्रियामा छौँ ।”

ह्वाइट हाउसका अर्का अधिकारीले बाइडेन चिनियाँ राष्ट्रपति जिनपिङसँग भेट्न उत्सुक भएको तर त्यसबारेमा अहिलेसम्म केही पुष्टि भइनसकेको बताएको उक्त अखबारले उल्लेख गरेको छ ।

ती अधिकारीले आगामी साताहरूमा चिनियाँ विदेशमन्त्री वाङ यीले वासिङ्टनको भ्रमण गरेपछि दुई राष्ट्रपतिबीचको भेटको योजनाबारे स्पष्ट हुने जानकारी दिए ।

“चीन र अमेरिकाबीच द्विपक्षीय संलग्नता र आदानप्रदानका बारेमा कुराकानी भइरहेको छ”, वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पङ्ग्युले भने, “दुवै पक्षलाई अवरोधहरू हटाउन, ठोस कार्यद्वारा मतभेदहरूको व्यवस्थापन गर्न तथा असल विश्वासका साथ संवादलाई बढाउन र सहयोग अभिवृद्धि गर्न एउटै दिशामा काम गर्न आवश्यक छ ।”

वासिङ्टन पोस्टका अनुसार गत नोभेम्बरमा इन्डोनेसियाको बालीमा सम्पन्न जी-२० को बैठकका क्रममा दुई ठूला अर्थतन्त्रका प्रमुखहरूबीचको भेटपछि आगामी नोभेम्बरमा पहिलो व्यक्तिगत भेट हुनेछ ।

उक्त बैठकमा दुवै राष्ट्रपतिले प्रत्यक्ष कूटनीतिको महत्वमाथि जोड दिँदै अमेरिका-चीन सम्बन्धलाई सही मार्गमा ल्याउन सकिने आशा व्यक्त गरेका थिए ।
एएनआई/फाइल फोटो

वि.सं.२०८० असोज २० शनिवार १४:२४ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...